कोरोना उपचारमा नेपाल सफल हुँदै

लन्डन, जेठ १७ गते । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।
संयुक्त अधिराज्य (बेलायत)को डार्टफोर्डस्थित डारेन्ट भ्याली अस्पतालमा १५ वर्षदेखि श्वासप्रश्वास विशेषज्ञका रूपमा कार्यरत डा. सुधिर लोहनी नेपाली चिकित्सकहरूको प्रतिनिधि हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलो त जहाँसुकै पनि सङ्क्रमण हुनै नदिने वातावरण बनाउनुपर्छ । सङ्क्रमित भइहालियो भने डराउनु भएन । हल्का लक्षण देखिएकाहरू अस्पताल जानै पर्दैन । सन्तुलित आहार, प्रशस्त झोलिलो कुरा र शरीरलाई चलायमान राख्न सकियो भने कोरोना निश्चित अवधिपछि आफैँ हराएर जान्छ । सन्चो छैन भनेर सुतेर बस्यो भने झन् गलाउँछ । त्यसैले श्वासप्रश्वाससम्बन्धी अभ्याससँगै कोठाभित्रै, भ-याङ वा बगैँचामा हिँड्डुल र कसरत अनिवार्य गर्नुपर्छ  ।” उहाँका अनुसार शरीर चलायमान नहुँदा शरीर कमजोर भएर जटिलता आउने सम्भावना रहन्छ । सक्रिय नहुँदा निमोनिया हुने, रगत जम्नेजस्ता समस्या हुन सक्छन् । सामान्य लक्षण भएकाले खासै औषधि लिनुपर्दैन तर खोकी छ भने मह उपयोगी हुन सक्छ ।
कुनै पनि भाइरसको एउटा निश्चित समय हुन्छ, त्यसपछि उसको सक्रियता रहँदैन र यो रुघाखोकी जस्तै । तर, कहिलेकाहीँ सङ्क्रमणको तह बढी हुँदा शरीरलाई कमजोर बनाउने, मांशपेसी, छाती दुख्ने, बेहोस हुने, ज्वरो नियन्त्रण नहुने र श्वास फेर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार अगाडि बढनुपर्ने चिकित्सको सुझाव छ । डा. लोहनी भन्नुहुन्छ, “तथ्यले ८० प्रतिशत मानिसलाई हल्का लक्षण देखाएको र ४० प्रतिशतले थाहा नपाएको स्थिति छ । त्यसैले आत्तिनुहुँदैन ।”
कोरोना लागिसकेका २५/३० प्रतिशत बिरामीलाई दीर्घकालीन असर देखिएको छ । विशेषगरी फोक्सोमा असर हुनाले श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीर कमजोर हुने, थाक्ने, नसासम्बन्धी समस्या हुने र छाती दुख्ने समस्या पछिसम्म रहेको पाइएको छ । त्यसैले कोरोना पुनस्र्थापना केन्द्र बनाउन जरुरी छ ।
बेलायतमा यस्ता सेन्टरमार्फत बिरामीले सेवा लिइरहेको भन्दै डा. लोहनी थप्नुहुन्छ, “नेपालमा विभिन्न स्थानमा यस्ता सेन्टर बनाउनु आवश्यक छ । यससँगै रोग लागिसकेपछि र दीर्घ फिजियोथेरापीलाई बिरामीको अवस्था हेरेर प्रयोग गर्न सकिन्छ । यसले भविष्यमा निम्त्याउन सक्ने स्वास्थ्य जटिलतालाई ठीक गर्ने छ । भाइरसको प्रवृत्ति नै फैलिने भएकाले भीडभाड हुने स्थलबाट यो चाँडो फैलिन्छ । नेपाललगायत भारतका बजार बढी नै भीड हुने र मेला, विवाह, भोजलगायत हुने भएकाले पनि यहाँ सङ्क्रमण बढी हुन सघाउ पुग्यो । विशेष गरेर कमजोर, वृद्धवृद्धा, दीर्घरोगीलाई बढी असर गरे पनि पछिल्लो समयको नयाँ भाइरसले युवालाई बढी असर गरेको देखिन्छ ।
युरोपलगायतका विकसित र स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका देशले पनि पहिलो चरणमा ठूलो मानवीय क्षति बेहोर्नुपरेको स्मरण गर्दै सरकारले उपचारको प्रत्याभूति गराउन सक्नुपर्ने सुझाव दिनुहुन्छ ।
नेपालमा कोरोना उपचारमा सुधार देखिन थालेको छ र सफलता प्राप्त गर्दै छ । बिरामी अस्पताल जान पाएको अवस्था छ । नयाँ रोग भएकाले सुरुमा केही अलमल भए पनि नेपालले उपचारमा राम्रो गर्दै छ । यद्यपि नेपालमा औषधिको प्रोटोकल बनाए एकरूपता भने ल्याउन जरुरी छ । अध्ययन अनुसन्धान गरेर पनि औषधिको प्रयोग आवश्यक भएको भन्दै उहाँ थप्नुहुन्छ, “वास्तवमा यो औषधिको अध्ययन गर्ने अवसर पनि हो, जुन पछिलाई प्रभावकारी हुन्छ । यसबाहेक सरकारले सबै तह र तप्कालाई स्वास्थ्य सेवा दिन सक्छ भन्ने प्रत्याभूतिको पनि वातावरण बनाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र