विपक्षी राजनीतिक दलहरू संविधानको व्याख्या खोज्दै सर्वोच्चमा

काठमाडौं, जेठ ११ः प्रतिनिधिसभाको बलात् विघटन गर्ने प्रधानमन्त्री ओलीको योजना र त्यसलाई लाहाछाप लगाइदिने राष्ट्रपतिको निर्णयका विपक्षमा राजनीतिक दलहरू संविधानको व्याख्या खोज्दै सर्वोच्च अदालत पुगेका छन् ।

गत पुस ५ गते पहिलोपटक ओलीले गरेको त्यस्तै निर्णयका विपक्षमा पनि सर्वोच्चमा मुद्दा परेको थियो । फागुन ११ गते उक्त मुद्दामाथि फैसला गर्ने क्रममा सर्वोच्चको संवैधानिक इजालासले प्रधानमन्त्री निर्वाचन गर्ने र वैकल्पिक सरकारको सम्भावना भए–नभएको विषय निक्र्योल गर्ने जिम्मेवारी प्रतिनिधिसभातिरै फर्काइदिएको थियो ।

सर्वोच्च अदालतले उक्त फैसलाका क्रममा गरेको महत्वपूर्ण व्याख्या भनेकै संविधानको धारा ७६ को १, २, ३, ४ र ५ को प्रयोग गर्ने र वैकल्पिक सरकार गठनका सम्भावना सकिएपछि मात्र अर्को निर्वाचनतिर जाने गरी यी सबै उपधाराको परीक्षण गर्ने जिम्मेवारी संसद्को हो, यस्तो मुद्दा लिएर संवैधानिक इजलास नगुहार भन्ने नै थियो ।

फैसलाले प्रधानमन्त्री या राष्ट्रपतिलाई वैकल्पिक सरकार बन्दैन भन्दै स्वविवेकीय अधिकार प्रयोग गर्न नपाइने गरी सचेत गराएको थियो । त्यसपछि राजनीतिक दल दर्तासम्बन्धी एउटा फैसला गर्दै अदालतले अर्को दलसँग नाम जुधाएर गरिने नयाँ दलदर्ताको काम वैधानिक नहुने भन्दै फैसला सुनायो, जसले तत्कालीन एमाले र माओवादी केन्द्रलाई अलग बनाइदियो । प्रधानमन्त्रीको पछिल्लो सिफारिस र राष्ट्रपतिको निर्णयहरू फेरि विवादमा छन् ।

यो संवैधानिक दृष्टिले गलत, प्रक्रियाका दृष्टिले कपटपूर्ण र सर्वोच्चको फैसलाको समेत बर्खिलाफ छ । यही विषयमा सर्वोच्चको यसअघिको फैसलाको पुनर्पुष्टिको माग गर्दै नेपाली कांग्रेस संसदीय दलका सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिसभाका बहुमत सदस्यहरू अदालत पुगेका हुन् । यससँगै राजनीतिक दलहरू तथा संसद्ले समाधान गर्नुपर्ने राजनीतिक मुद्दा अदालतमा पुगेको छ । यो नेपाली राजनीतिको पछिल्लो दुःखान्त पनि हुन पुगेको छ ।

राजनीतिक नेतृत्वका लागि संविधान आफैमा व्याख्या गरिरहनुपर्ने दस्ताबेज होइन, हुनु नहुने हो । पाँच वर्षपहिले मात्र यिनै राजनीतिक दल र यही नेतृत्वले धेरै वर्षको प्रयासमा वर्तमान संविधान बनाएको हो । संविधानले राजनीतिक स्थिरतालाई निकै महत्व दिएर धारा ७६ व्यवस्था गरेको बुझ्न सकिन्छ । यसले संसद्लाई सम्भावित सबै विकल्पहरू दिएको छ, प्रधानमन्त्री चुन्ने अवस्थाका लागि ।

बहुमत प्राप्त दलको नेता, दुई वा बढी दलको समर्थनबाट बहुमत जुटाउन सक्ने नेता, प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेता र प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन जुटाउन सक्ने सदस्यलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने, त्यसको परीक्षण गर्ने व्यवस्था संविधानले गरेको छ । अहिलेको घटनामा ७५ को ३ को प्रधानमन्त्रीका रूपमा शपथ खाएपछि विश्वासको मत पनि नलिने र प्रधानमन्त्रीबाट राजीनामा पनि नदिई षड्यन्त्रका भरमा आफै प्रधानमन्त्री रहँदै प्रतिनिधिसभा विघटनमा लैजान धारा ७५ को ४ र ५ लाई प्रयोग र परीक्षण गर्न दिइएन । यही विषय अहिलेको संकट हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा