तामाकोसी–५ निर्माणको तयारी

काठमाडौँ, वैशाख ७ गते । माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ ।
दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु-याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोसी–५ जलविद्युत् कम्पनीमार्फत काम अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
जनताको जलविद्युत् कार्यक्रममा राखिएको यो आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण थाल्ने योजना प्राधिकरणको छ । “हाम्रो योजनाअनुसार अब लगानीकर्तासँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्नेछौँ । त्यसलगत्तै ठेक्का प्रक्रिया सुरु गर्न पाए र सरकारले पर्याप्त बजेट विनियोजन गरे आर्थिक वर्ष २०७८/७९ भित्र निर्माण थाल्नेछौँ”, उहाँले भन्नुभयो ।
यो आयोजनाका लागि ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी गर्ने गरी प्रस्ताव तयार गरिएको छ । ऋणका लागि स्वदेशी लगानीकर्ता कर्मचारी सञ्चय कोष र विदेशी लगानीकर्ता एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)ले लगानी गर्न चासो देखाइरहेका जनाइएको छ । एआईआईबीले स्थानीयवासीको स्वीकृति, जैविक विविधतामा पर्नसक्ने असरबारे प्रतिवेदन खोजिरहेको छ ।
हेड वक्र्सको काम नहुने भएकाले यो आयोजनामा लगानी कम हुने अनुमान गरिएको छ । कम्पनी प्रमुख नसिबमान प्रधानका अनुसार निर्माण अवधिको ब्याजबाहेक यो आयोजनाको कुल लागत करिब १६ अर्ब रुपियाँ रहने बताइएको छ । यो आयोजना निर्माणका लागि अहिले कर्मचारी आवास, कार्यालयलगायतका पूर्वाधार बनाउन थालिएको छ । यसअघि यो आयोजनाको निर्माण २०७६ असार–साउनदेखि थाल्ने भनिएको थियो ।
जर्मन कम्पनी ट्र्याक्वेल इन्जिनियरिङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनअनुसार यो आयोजनाका लागि छुट्टै बाँध बनाउनु पर्दैन । माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई ५.४ मिटर ब्यासको आठ किलोमिटर सुरुङबाट तामाकोसी–५ को भूमिगत विद्युत्गृहमा पु-याइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड