क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलान

काठमाडौँ, चैत ९ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकिएको जानकारी दिनुभयो । हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने विश्वविद्यालयको योजना छ । यसका साथै स्नातकोत्तर तहको नयाँ शैक्षिक सत्र वैशाख अन्तिममा गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षाफल निर्धारित समयमा प्रकाशित गर्न सकिएको अवस्थामा वैशाखबाट स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गर्न सकिने उहाँको भनाइ छ ।
स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाइएको छ । स्नातक तहका पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीको केही समय क्षति भए पनि त्यसलाई तीन वर्षको हाराहारीमा मिलाइने उहाँले जानकारी दिनुभयो । वार्षिक प्रणालीअन्तर्गत अध्ययन गर्ने विद्यार्थीको अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले विद्यार्थीको केही महिना क्षति भएको उहाँको भनाइ छ ।
विश्वविद्यालयले फागुनमा स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णयसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थीले भर्नाका लागि केही महिना कुर्नुपर्ने स्थिति देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा जेठ महिनामा पूरा गर्ने र भदौसम्म नतिजा प्रकाशित गरिसक्ने जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भदौसम्म कक्षा १२ को नतिजा प्रकाशित गरी उनीहरूलाई स्नातक तहको अध्ययनको बाटो खुल्ने बताउनुभयो । तर विश्वविद्यालयको हालको योजनामा कुनै परिवर्तन नगरे विद्यार्थीले स्नातक तहमा भर्ना हुन केही महिना कुर्नुपर्ने अवस्था देखिएको छ । भदौमा स्नातक तहको नतिजा आएका विद्यार्थी पाँच महिना कुरेपछि मात्र बल्ल भर्ना हुने पाउनेछन् । त्रिविका शिक्षाध्यक्ष भुसालले फागुनलाई शैक्षिक सत्र मानिए पनि नयाँ परिस्थिति विकास भएमा स्नातक तहको शैक्षिक सत्र मङ्सिरमा समेत सार्न सकिने विकल्पसमेत रहेको बताउनुभयो । यसमा परिस्थितिअनुसार निर्णय लिन सकिने जनाइएको छ ।

समन्वय अभाव
माध्यमिक तहको परीक्षा सञ्चालन, प्रकाशनको जिम्मेवारी पाएको बोर्ड र विश्वविद्यालयका पदाधिकारीबीच स्नातक तहमा विद्यार्थी भर्नाका विषयमा खासै समन्वय नहुने गरेको पाइएको छ । बोर्डका अध्यक्ष पौडेलका अनुसार शैक्षिक सत्र कसरी मिलाउने भन्ने विषयमा बोर्ड र विश्वविद्यालयबीच छलफल हुने गरेको छैन ।
बोर्ड र विश्वविद्यालयका बीचमा यस विषयमा छलफल गर्ने कुनै औपचारिक संयन्त्रसमेत नभएको उहाँको भनाइ छ । मङ्सिरमा नयाँ शैक्षिक सत्र सुरु गर्न सुझाव दिँदै यसबाट स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको समय व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । त्रिविका शिक्षाध्यक्ष भुसालले विद्यार्थीलाई मङ्सिरमा भर्ना खोलेर फागुनबाट पठनपाठन प्रारम्भ गर्नसमेत सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८