March 9, 2021

भावुक भएर फेरि भेटौंला भन्दै छुट्टिए प्रचण्ड–नेपाल

काठमाडौँ फागुन २५: सर्वोच्च अदालतको फैसलासँगै नेपाल कम्युनिस्ट पार्टी औचापरिकरुपमा विभाजित हुँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेको छ । फैसलासँगै नेकपा प्रचण्ड–नेपाल समूह औपचारिकरुपमा छुट्टिएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विगत एक वर्षदेखि गठबन्धन बनाउँदै आएका प्रचण्ड–नेपाल समूह पार्टी अलग–अलग भएपछि औपचारिकरुपमा विभाजित भएका छन् । प्रचण्डले माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् भने माधवकुमार, झलनाथ खनाललगायतका नेताहरु पुनः एमालेमै फर्किएका छन । माधवकुमार नेपाल पक्षसँग पार्टीको संसदीय दलमा चालीस प्रतिशत बहुमत नहुँदा बाध्य भएर अध्यक्ष ओलीलाई नै नेता मान्दै फर्किएका हुन् ।पेरिसडाँडामा बैठक सकिएपछि बाहिरिने क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अलग भए पनि मन विशाल भएको प्रतिक्रिया दिए । ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ, एकताको प्रक्रियालाई फेरि बढाउन पहल गर्छौं।’ –उनले भने । नेता नेपालले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने बताए ।

सोमबार नेकपाको हैसियतमा पेरिसडाँडामा प्रचण्ड–नेपालको अन्तिम स्थायी कमिटी बैठक बसेको थियो । सोही बैठकले एमाले र माओवादी केन्द्र औपचारिकरुपमा अगल–अलग हुने निर्णय गरेको हो । प्रचण्ड–माधव पक्षका नेताहरुले सर्वोच्चको फैसलाप्रति असहमति जनाउँदै कार्यान्वयन गर्ने निष्कर्ष पनि निकालेको छ ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको हैसियतमा सोमबारको बैठक अन्तिम भएको बताए । ‘अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुन सक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ ।

अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।’ –उनले भने । नेता श्रेष्ठले बैठकमा २०७५ जेठ ३ गते भएको एकताको उद्देश्यलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने निष्कर्ष निकालिएको बताउँदै पार्टी एकता सही भएकाले आगामी दिनमा पनि नेपालका कम्युनिस्ट एकतालाई जारी राखिने निर्णय भएको बताए । त्यसै गरी बैठकले सर्वोच्चको फैसलाप्रति असहमति र न्यायिक पुनरावलोकनमा पनि निर्णय गरेको आजको नेपाल समाचार पत्रमा मधुसूदन रायमाझीले लेखेका छन ।

प्रवक्ता श्रेष्ठले एमाले र माओवादी गरी फरक–फरक पार्टी भएकाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा छलफल भइरहेको पनि बताए । उहाँका अनुसार माओवादीका हैसियतमा बस्ने बैठकले निर्णय गर्नेछ । त्यसै गरी माओवादीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता ल्याउने बारेमा आ–आफ्नै ढंगले निर्णय गर्ने बताउँदै सर्वोच्चको फैसला आफै पनि चुनौतीपूर्ण र व्यवहारमा कठिन भएको बताए । उहाँले पार्टी एकताको पहललाई जारी राख्दै निर्णय भएको जानकारी दिँदै अझै पनि कम्युनिस्ट पार्टीहरुको बीचमा एकताको विकल्प नरहेको बताए ।प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्ड–नेपाल समूहले मोर्चाबन्दी गर्दै आएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अनौपचारिकरुपमा दुई समूहमा विभाजित भएको थियो । प्रचण्ड–नेपाल समूहले माधवकुमार नेपाललाई अध्यक्षसमेत चयन गरेको थियो ।

निर्वाचन आयोगमा आधिकारिकताको विवाद कायमै रहेका बेला नेकपा खारेज गर्दै सर्वोच्च अदालतले पूर्ववत् पार्टी नै ब्युताउने फैसला गरेपछि नेकपा औपचारिकरुपमा एमाले र माओवादी केन्द्र बनेको छ । यो फैसलाले सबैभन्दा नैतिक संकटमा माधवकुमार नेपाल पक्ष परेको छ । पार्टी विभाजित गर्न पनि नसकिने र प्रचण्डसँग पनि जान नसक्ने अवस्था भएपछि ओली नेतृत्वकै एमालेमा फर्किन बाध्य भएका छन् । नेकपाका हैसियतमा पेरिसडाँडामा बसेको अन्तिम बैठकपछि छुट्टिने क्रममा प्रचण्ड नेपाल समूहका नेताहरु भावुक भएर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा