फाल्गुन ४, काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अदालतका सहयोगी (एमिकस क्युरी)को बहस सुरु हुँदैछ । रिट निवेदक तर्फको जवाफी बहस सोमबार सकिएसँगै आजदेखि एमिकस क्युरीमा आबद्ध ५ अधिवक्ताले बहस गर्ने भएका हुन् ।
एमिकस क्युरीमा नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । एमिकस क्युरिको रायपछि करिब एक हप्तामा फैसला आउने कानुन व्यवसायीको अनुमान छ ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । उक्त कदम गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेका रिट सम्बन्धमा झन्डै डेढ महिनादेखि सुनुवाइ जारी छ ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड