सामाजिक सञ्जालको गलत प्रयोगले बलात्कारका घटना बढ्याे

काठमाडौं, माघ १९ः देशमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको एक अध्ययनले देखाएको छ । पछिल्लो पाँच महिनामा देशभरबाट जबरजस्ती करणीसम्बन्धी प्रहरीमा १ हजार १ सय ७ उजुरी परेको तथ्यांकले देशमा बलात्कारको अवस्था भयाभय भएको देखाएको हो ।पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग हुँदा बलात्कारका घटना बढ्दै गएको नेपाल समाचारपत्रसँग कुराकानी गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

‘पहिले पहिले सामाजिक प्रतिष्ठाले गर्दा यस्ता उजुरी दिन डराउने गर्थे पछिल्लो समय जनचेतना बढेको हुँदा उजुरी दिने संख्या ह्वात्तै बढेको हुँदा पनि बलात्कारको घटना बढेजस्तो देखिएको हो।’ –कुँवरको भनाइ थियो । उनले घटनाको अनुपातभन्दा उजुरी दिनेको अनुपात बढेको बताए ।

देशभरको तथ्यांक हेर्दा बलात्कृत हुनेमा ११ देखि १६ वर्षसम्मका बालिका रहेको प्रवक्ता कुँवरले जानकारी दिए । उनका अनुसार साउनदेखि मंसिरसम्म मात्रै यस समूहका ४ सय २८ बालिका जबरजस्ती करणीको सिकार बनेका छन् ।

त्यस्तै प्रहरीमा उजुरी परेको तथ्यांक हेर्ने हो भने एक वर्षमा मात्रै प्रदेश १ मा २ सय ७७, प्रदेश २ मा १ सय ६९, प्रदेश ३ मा १ सय ३०, प्रदेश ४ मा ८९, प्रदेश ५ मा १ सय २४, प्रदेश ६ मा ६२, प्रदेश ७ मा १ सय ७ र उपत्यकामा मात्रै ८९ गरी देशभर १ हजार १ सय ७ जबरजस्ती करणीका उजुरी परेका छन्, जसमा १० वर्षभन्दा मुनिका बालिका १ सय ३४, ११ देखि १६ वर्षसम्मका बालिका ४ सय २८, १७ देखि १८ वर्षसम्मका बालिका १ सय ४४, १९ देखि २५ वर्षसम्मका महिला १ सय ८८, २६ देखि ३५ वर्षसम्मका महिला १ सय ३२, ३६ देखि ४५ वर्षसम्मका महिला ४२, ४६ देखि ५९ वर्षसम्मका महिला २४ र ६० वर्षभन्दा माथिका महिला १४ बलात्कृत भएको तथ्यांक नेपाल प्रहरीसँग रहेको छ ।

नेपाल प्रहरी पीडितमैत्री भएर अनुसन्धान गर्ने भन्दै प्रवक्ता कुँवरले पीडितलाई न्याय दिन आफूहरुको हरदम प्रयास हुने बताए । ‘पीडितलाई तत्काल राहत हुने गरी हामीले काम गरेका छौं।’ –उनको भनाइ थियो । यस्ता घटनाको सत्यतथ्य छानबिन गर्न पनि नेपाल प्रहरी निरन्तर लागेको र आगामी दिनमा पनि लाग्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त