भुइँको टिप्दा न बादल, न वामदेव

काठमाडौं,माघ ७, ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको छ । नेताहरूले आफ्नो शक्तिमा विश्वास नगर्ने तर अर्काकोतर्फ आँखा लगाउँदा साथमा भएको पनि गुमाएका धेरै उदाहरण छन् । तत्कालीन एमाओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणकाजीलाई टिप्दा मोहन वैद्य ‘किरण’ गुमाएको चर्चा त्यतिबेला खुबै चल्यो । प्रधानमन्त्री केपी ओलीले विभिन्न बहानामा विद्या भण्डारीलाई टिपेर मुलुकको सर्वोच्च स्थानमा पु-याउँदा वरिष्ठ नेता झलनाथ खनाललगायतलाई गुमाएको प्रसंग पनि धेरै भएको छैन ।

यसरी भुइँको टिप्न खोज्दा खल्तीको समेत गुमाएको पछिल्लो र ताजा उदाहरण भने नेकपा (बहुमत) का अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसँग जोडिएको छ । उनीहरूले पनि भुइँको टिप्न खोज्दा खल्तीको झारेका छन् । नेकपा विभाजनपूर्व पार्टीभित्र लामो शक्ति संघर्ष चल्यो । विवाद र संघर्ष बढ्दै जाँदा ‘कोर अफ द लिडरसिप’ भनिएको सचिवालय दुई खेमामा विभक्त भयो । नौ सदस्यीय सचिवालयमा प्रचण्ड, माधवसहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एकातिर देखिए ।

प्रधानमन्त्री केपी ओलीसँग आफूसहित तीन जना मात्र रहेको देखियो । महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल मात्र ओलीको पक्षमा दह्रो ढंगले उभिनुभयो । सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को भूमिका भने तटस्थ थियो । संघर्ष चर्किंदै जाँदा दुवै पक्षको छुट्टाछुट्टै बैठक र छलफल चल्न थाले । बालुवाटार, खुमलटार र भैंसेपाटी छलफलका केन्द्र बने । प्रधानमन्त्री ओलीले पेलेको भन्दै बहुमत (पाँच भाइ) को गठबन्धन बलियो बन्दै गयो ।

उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बसेको एउटा बैठकको चर्चा अहिले पनि हुने गर्छ । कतिपयले उक्त बैठकलाई ‘भैँसेपाटी गठबन्धन’ पनि भन्ने गर्छन् । गठबन्धन यति बलियो बन्यो कि सचिवालय बैठकअघि कमरेडहरू छुट्टै छलफल गर्न र एकमतसाथ बैठकमा प्रस्तुत हुन थाले । वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि राष्ट्रियसभामा पठाउनेसम्मको निर्णयमा गठबन्धनको भूमिका निर्णायक थियो भनिन्छ । किनभने प्रधानमन्त्री ओलीको चाहना र रोजाइमा अन्तिम समयसम्म पनि गौतम परेका थिएनन् ।

सधैँ ओलीबाट धोका खाएका गौतमले एकपटक सार्वजनिक रूपमै भनेका थिए, ‘अब म कमरेड केपी ओलीको साथ (गुट) मा कहिल्यै रहने छैन । प्रचण्डको साथ (गुट) मै रहन्छु ।’ तर त्यत्रो जोडबल गरेर लागेको प्रचण्ड–नेपाल पक्ष त्यतिबेला निरास भयो, जब पार्टी फुट्दा वामदेवले साथ दिएनन् । अहिले बादललाई गुमाउनुको कारण पनि वामदेव नै भएको कतिपयको विश्लेषण छ । गौतमका लागि जे पनि गर्न तयार हुनेहरूले आफूलाई भने वास्तासम्म नगरेको र गृहमन्त्रीबाट हटाउन खोजेको बादलको गुनासो छ । त्यही चित्त दुखाइका कारण अहिले उनी ओलीतिर लागेको भन्नेहरू पनि छन् ।

वादलले आफूनिकट नेताहरूसँगको कुराकानीमा एउटै क्याबिनेटमा रहेका कारण प्रधानमन्त्रीविरुद्ध जान नमिल्ने तर निर्णायक घडीमा प्रचण्ड–नेपाल पक्षलाई साथ दिने भनेको कुरा यसअघि नै  सार्वजनिक भइसकेको छ । ‘वामदेवका लागि आकाशको तारासमेत झार्न तयार हुनेहरूले बादललाई उल्टै मन्त्रीबाट हटाउने कुरा सुनेपछि उनी बिच्किएका हुन्,’ बादलनिकट स्रोतले भन्यो । हिजोआज पेरिसडाँडातिर कमरेडहरूको सुनिन्छ ‘त्यत्रो गर्दा पनि वामदेव कमरेडले देख्नु भएन, उहाँ त बैगुनी पो हुनुहुँदोरै’छ ।’

हुन पनि हो, एकपटक होइन, पटक–पटक नेताहरूले टाउकैमा बोकेका वामदेवले त मौकामा साथ नदिएपछि, बादलको कुरा गर्नु बेकार रहेको नेकपा (बहुमत) कै नेता स्विकार्छन् । त्यसैले अहिले बालुवाटारतिर पनि खुच्चिङको भावमा चर्चा हुने गरेको छ, ‘प्रचण्ड–नेपालले भुइँको टिप्न खोज्दा खल्तीको पनि खसाले । अर्थात् वामदेवलाई बोकेर हिँड्दा बादल बिच्किए । अहिले उनीहरूको साथमा न वामदेव छन्, न बादल !’

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज