January 1, 2021

खोप भित्रिएको सात दिनमा लगाउन सकिने

काठमाडौं, पुस १७ः सरकारले कोभिड–१९ संक्रमण रोकथामविरुद्धको खोप प्राप्त भएको सात दिनभित्र लगाउन सकिने गरी आवश्यक पूर्वाधार तयारी अवस्थामा राखिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए २० प्रतिशतलाई पुग्ने गरी सरकारी र निजी क्षेत्रका पूर्वाधार चालु अवस्थामा राखिएको छ ।

माइनस ७० डिग्री सेल्सियसमा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए तीन प्रतिशत फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पुग्ने गरी पूर्वाधार व्यवस्थापन गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपका लागि चाहिने पूर्वाधार निर्माणको काम भइरहेको बताए । खरिद गरिएको खोप राख्न वेयर हाउस व्यवस्थापन गर्ने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने योजना बनाएको छ ।

सरकारले कोभिड–१९ रोकथामविरुद्ध खोप आयात गर्ने तयारी तीव्र पारेको बताए पनि खोप आयातका लागि समय निक्र्योल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड एक्सन प्लानमार्फत तयारी अघि बढाएको हो ।

कोभिड–१९ विरुद्धको खोप आयातका लागि खोप उत्पादन गरेका सातवटा देशमा डिप्लोमेटिक नोट पठाइएको छ । सरकारद्वारा गठित कोभिड भ्याक्सिन व्यवस्थापन सचिवालयका एक सदस्यका अनुसार नेपालले भारत, चीन, रसिया, अमेरिका, जर्मनी, अस्ट्रेलिया, बेलायतलगायतका देशलाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले खोप आयात र प्रयोगका लागि औषधि र खोप प्रयोगसम्बन्धी संहिता पारित भएको जानकारी दिए । उनले भने, ‘कानुनी र व्यवस्थापनको पूर्वतयारी गरेका छौं । खोप उपयोगमा समस्या नआओस् भनेर औषधि ऐनमा संशोधन गरेका छौं ।’

स्वास्थ्य सचिव अर्यालले भने, ‘गभर्मेन्ट टु गभर्मेन्ट प्रक्युपमेन्टका लागि पहिलो प्राथमिकताअनुसार २० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउन अनुरोध गरेका छौं । यो सकारात्मक पहलका रूपमा विकास भएको छ ।’ उपचार व्यवस्थापन प्रभावकारी हुन सके मृत्युदर घट्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । कोभ्याक्समार्फत खोप आउन ढिलो भए निजी क्षेत्रलाई पनि आवश्यक पर्ने खोप आयातका लागि अनुमति दिने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको