January 1, 2021

खोप भित्रिएको सात दिनमा लगाउन सकिने

काठमाडौं, पुस १७ः सरकारले कोभिड–१९ संक्रमण रोकथामविरुद्धको खोप प्राप्त भएको सात दिनभित्र लगाउन सकिने गरी आवश्यक पूर्वाधार तयारी अवस्थामा राखिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए २० प्रतिशतलाई पुग्ने गरी सरकारी र निजी क्षेत्रका पूर्वाधार चालु अवस्थामा राखिएको छ ।

माइनस ७० डिग्री सेल्सियसमा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए तीन प्रतिशत फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पुग्ने गरी पूर्वाधार व्यवस्थापन गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपका लागि चाहिने पूर्वाधार निर्माणको काम भइरहेको बताए । खरिद गरिएको खोप राख्न वेयर हाउस व्यवस्थापन गर्ने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने योजना बनाएको छ ।

सरकारले कोभिड–१९ रोकथामविरुद्ध खोप आयात गर्ने तयारी तीव्र पारेको बताए पनि खोप आयातका लागि समय निक्र्योल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड एक्सन प्लानमार्फत तयारी अघि बढाएको हो ।

कोभिड–१९ विरुद्धको खोप आयातका लागि खोप उत्पादन गरेका सातवटा देशमा डिप्लोमेटिक नोट पठाइएको छ । सरकारद्वारा गठित कोभिड भ्याक्सिन व्यवस्थापन सचिवालयका एक सदस्यका अनुसार नेपालले भारत, चीन, रसिया, अमेरिका, जर्मनी, अस्ट्रेलिया, बेलायतलगायतका देशलाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले खोप आयात र प्रयोगका लागि औषधि र खोप प्रयोगसम्बन्धी संहिता पारित भएको जानकारी दिए । उनले भने, ‘कानुनी र व्यवस्थापनको पूर्वतयारी गरेका छौं । खोप उपयोगमा समस्या नआओस् भनेर औषधि ऐनमा संशोधन गरेका छौं ।’

स्वास्थ्य सचिव अर्यालले भने, ‘गभर्मेन्ट टु गभर्मेन्ट प्रक्युपमेन्टका लागि पहिलो प्राथमिकताअनुसार २० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउन अनुरोध गरेका छौं । यो सकारात्मक पहलका रूपमा विकास भएको छ ।’ उपचार व्यवस्थापन प्रभावकारी हुन सके मृत्युदर घट्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । कोभ्याक्समार्फत खोप आउन ढिलो भए निजी क्षेत्रलाई पनि आवश्यक पर्ने खोप आयातका लागि अनुमति दिने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र