पुरानो लयमा फर्किंदै अर्थतन्त्र

काठमाडौं, पुस १५ः बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ ।

गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको तुलनामा कर्जा लगानी २ खर्ब १५ अर्बले बढेको थियो । गत असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी २९ खर्ब ३ अर्ब थियो । चालू आवको १० पुससम्ममा कर्जा लगानी ३१ खर्ब ४० अर्ब पुगेको छ ।

यो ८ प्रतिशतको वृद्धि हो । १० पुससम्म विभिन्न वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँ मात्र भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार पुस १० गतेसम्ममा बैंकहरूले ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३१ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका थिए । २७ मंसिरसम्ममा निक्षेप ३६ खर्ब ९४ अर्ब र कर्जा ३१ खर्ब १ अर्ब रुपैयाँ थियो । त्यस्तै पछिल्लो एक सातामा कर्जा लगानी १७ अर्ब र निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनामा उपभोग्य कर्जा १०.१ प्रतिशतले बढेको छ । सरकारी वा संस्थागत ऋणपत्रको धितोमा लिने कर्जा र क्रेडिट कार्ड कर्जा क्रमशः २६.४ र १८.४ प्रतिशतले बढेको छ ।

त्यस्तै घरजग्गा व्यवसाय कर्जा १४.६ प्रतिशत, विज्ञापन क्षेत्रमा जाने कर्जा ४४.४ प्रतिशत, सेयर धितो कर्जा २१.६ र स्थिर सम्पत्तिमा लगानीका लागि दिइने कर्जा ११.९ प्रतिशतले बढेको छ ।

कृषि कर्जा बढे पनि चिया उत्पादनका क्षेत्रमा जाने कर्जा भने ३.५ प्रतिशतले घटेको छ । ७.४ प्रतिशतले बढेको कृषि कर्जा पनि उत्पादनभन्दा कृषि सेवातर्फ बढी गएको देखिएको छ ।

चालु आर्थिक वर्षका सुरुका चार महिनामा मदिराबाहेकका पेय पदार्थमा जाने कर्जामा २१.१ प्रतिशतले कमी आएको छ भने मदिरा क्षेत्रमा जाने कर्जामा ४.९ प्रतिशतले वृद्धि भएको छ । मुलुकमा कर्जाको माग बढी भइरहेकै बेला राष्ट्र बैंकले १ अर्ब ४० करोड बैंक तथा वित्तीय संस्थामा एक वर्षे मुद्दतीमा लगानी गर्ने भएको छ ।

यसैगरी सरकारलाई अल्पकालीन स्रोत जुटाउन नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १२ करोड बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएपछि बजारमा थप लगानीयोग्य रकम बढ्ने भएको हो । केन्द्रीय बैंकले विकास बैंकमा २१ करोड र वित्त कम्पनीहरूमा ७ करोड बराबरको रकम पनि लगानी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८