विभाजित नेकपा : ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल पक्ष कमजोर

काठमाडौं ,पुस १०,प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बलियो अवस्थामा देखिएका छन् । जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीमा ओली समूह बलियो देखिएको हो । 

१७७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट १०६ जना र पूर्वमाओवादीबाट ७१२ जना रहेका छन् । पूर्वएमाले पक्षधर ६० प्रतिशत रहेको झापामा ओली पक्षीयको बहुमत रहेको छ भने पूर्वमाओवादी पक्षबाट पनि केही ओलीतिर लागेको राजधानी दैनिकमा खबर छ । 

जिल्ला अध्यक्ष चिन्तन पाठक केन्द्रीय सदस्य भएका छन् । यस्तै पूर्वसांसद तथा कार्यालय सदस्य प्रेम गिरी केन्द्रीय सदस्य भइसकेका छन् । यसैगरी कार्यालय सदस्य राजेन्द्र दाहाल अहिले ओली कित्तामा लागेका छन् । 
पूर्वमाओवादीबाट सचिव रहेका मणि लिम्बु बादल समूहमा छन् । कार्यालय सदस्य चन्द्रा श्रेष्ठ, मोहन टुडु, अरुण श्रेष्ठ भने प्रचण्डनेपाल समूहमा रहेका छन् । कार्यालय सचिव शिवकुमार ढुंगेल ओली समूहमा खुलेर लागेको  उल्लेख छ । 
यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखमा पनि ओली पक्षको बहुमत स्पष्ट देखिएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक