विद्युतीय माध्यमबाट घर नक्सा पास

हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटोछरितो तथा सहज हुने भएकाले यो सेवा शुरु गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

यो सेवाअन्तर्गत भवन निर्माण अनुमति तथा मिसिल÷रेकर्ड विद्युतीयरूपमा अभिलेख राखिने, अनलाइन दर्ता, फाइल कहाँ पुगेको छ, भनी थाहा पाउन सकिने, भवन मापदण्डसम्बन्धी राष्ट्रिय भवनसंहिता जाँच गर्न, नक्सापास बुक, सँधीयार, मुचुल्का, सर्जमीन समावेश, रिपोर्ट हेर्न र प्रमाणपत्र प्रिन्ट गर्न सकिने उनले बताए । 

त्यस्तै फाइल बोकेर कार्यालय आउनु नपर्ने, पुराना कागजात हराउने समस्याको अन्त्य हुने, राजश्व प्रणालीले हिसाब गर्ने भएकाले पारदर्शी हुने, सबै परामर्शदाता छनोट गर्न सकिने र नक्सापास भएमा घरधनीले मोबाइल एसएमएस प्राप्त गर्ने, सेवाग्राहीले घरमै बसेर कामको अवस्था बुझ्न र गुनासोसमेत गर्न मिल्नेजस्ता सुविधा पाइने प्रमुख पाण्डेको भनाइ छ । यो प्रणालीले सुशासन अभिवृद्धिमा योगदान पुग्ने उनले बताए । 

यो सेवा शुरु भएपछि गलत तथ्याङ्क हालेर नक्सापास गर्ने प्रवृत्तिको समेत अन्त्य हुने उपमहानगरपालिकाका इञ्जिनीयर अपिल आचार्यले बताए ।

‘अहिले तुलसीपुरमा करिब ४० हजार घर सङ्ख्या भए पनि छ हजार ५६ घरको मात्रै नक्सापास भएको भन्दै अब प्रत्येक घरमा पुगेर सबैलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको छ,’ उनले भने । 

उनका अनुसार कच्ची घरको पनि नक्सा पास गर्ने र घर नम्बर दिने गरी तयारी थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र