वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे पुल उद्घाटन

दमौली मंसिर १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहिबार कांग्रेसका कार्यकर्ताको जुलुस सहित एक कार्यक्रमका बीच तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन्। वरिष्ठ नेता पौडेलले कांग्रेसका कार्यकर्ताको ठुलो उपस्थितिमा पुल उद्घाटन गरेका हुन्।

कांग्रेसका कार्यकर्ताको बाक्लो उपस्थितिमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई , शंकर भण्डारी, प्रदीप पौडेलसहित केन्द्रीय सदस्यहरू उपस्थित थिए। बुधबार पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा पछि मात्रै छाडेको थियो।

तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो। कार्यक्रममा नेताहरुले पुल उद्घाटन रोकेको भन्दै सरकार र स्थानीय प्रशासनको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र