भारत अघिअघि चीन पछिपछि

भारतीय विदेश सचिव शृंग्ला मंसिर ११ गते दुई दिने भ्रमणका लागि नेपाल आउनुहुने भएका छन् भने चिनियाँ रक्षा मन्त्री वेई भने मंसिर १४ गते नेपाल आउनुहुने भएको छ । नेपाल आउन लागेका चिनियाँ नेता उच्चस्तरीय नेता भएकाले नेपालको आन्तरिक राजनीतिमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा वेई नेपाल आउन लाग्नुभएको हो ।

उहाँको भ्रमण अवधि छोटो भए पनि नेपालका प्रमुख नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमणका बारेमा सरकारले औपचारिक जानकारी नगराए पनि नेपाली सेनाले भ्रमणको सबै तयारी भित्रीरूपमा गरिरहेको छ । नेपाल–भारत र चीन–भारतबीच सीमा विवाद कायम रहेकै बेला दुई देशबाट हुने उच्चस्तरीय भ्रमणलाई विश्व समुदायले नै नजिकबाट हेरिरहेको विश्लेषकहरु बताउँछन् ।

चीन र भारतबीचको सीमा विवादका कारण केही भारतीय सैनिकको समेत निधन भएपछि भारत सरकारले अमेरिकासँग विभिन्न प्रकारको सहयोग आदानप्रदानका बारेमा समेत सम्झौता गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयले चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणका बारेमा आज आइतबार मात्रै औपचारिकरुपमा जानकारी गराउने भएको छ । मन्त्रालयले भ्रमणका बारेमा जानकारी गराएपछि चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणका बारेमा औपचारिकता पाउने भएको छ । चीनका वरिष्ठ सरकारी अधिकारीले नेपाल भ्रमण गराउने भएपछि भारतले पनि रक्षा मन्त्री राजनाथ सिंहलाई नेपाल पठाउने तयारी गरेको बताइएको छ ।

नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा समेत रक्षा मन्त्री वेईको सहभागिता रहने भएको छ । नेपालको विकासमा एक साझेदार रहेको चीनले सोही कार्यक्रममार्फत नेपाललाई गर्ने सहयोगको समेत घोषणा गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि