नेकपाका तीन हस्तिको भण्डै बैठकमा हानाहान! यस्तो छ विवादको रहस्य

नेपालले भन्नुभयो ‘यो धम्कीको भाषा प्रयोग नगर्नुस्  अरुलाई धम्क्याउन सक्नुहुन्छ तर मसङ्ग भुलेर पनि यस्तो वाक्य प्रयोग  नगर्नुस्  जहिले पनि पद छाड्नुपर्ने  अवस्था आउँदा  धम्कीको भाषा प्रयोग गर्ने ?  एउटा पदको लागि यति लालायित हुने ?’

प्रधानमन्त्रीले ‘मैले त्यसैअनुसार त चलाएको छु नि ! तपाईंहरु पनि खाली प्रचण्डको कुरो मात्र पत्याउनुहुन्छ । मैले चिठी पढिसकेँ । प्रचण्डको नियत के हो भन्ने पनि थाहा भइसक्यो । म जुनसुकै गठबन्धनको लागि तयार छु ।’ भन्न मात्र के भ्याउनुभएको थियो नेपालले भन्नुभयो ‘यो धम्कीको भाषा प्रयोग नगर्नुस् । अरुलाई धम्क्याउन सक्नुहुन्छ तर मसङ्ग भुलेर पनि यस्तो वाक्य प्रयोग  नगर्नुस् । मैले पहिले पनि भनेको थिएँ,तपाईंले धम्कीको भाषा प्रयोग नगर्नुस् भनेर । म पदको लोभी छैन भन्न नछाड्ने अनि जहिले पनि पद छाड्नुपर्ने  अवस्था आउँदा  धम्कीको भाषा प्रयोग गर्ने ?  एउटा पदको लागि यति लालायित हुने ?’

प्रचण्डले कम से कम पूर्व माओवादीको भाग खोज्छन् तर तपाईंले  पूर्व एमालेको सबै भाग खोसेर एक्लौटी गर्नुभएको  

उहाँले अगाडि भन्नुभयो ‘यो अहंकार छोड्नुस् । दम्भ नदेखाउनुस् । बिधि अनुसार चल्नुहोस्’,यसैमा प्रधानमन्त्रीले थप्नुभयो ‘प्रचण्डले एक दुई वटा भाग सँधै माग्ने गरेका छन् ।’ जवाफमा नेपालले  ‘प्रचण्डले कम से कम पूर्व माओवादीको भाग खोज्छन् । तर,तपाईंले त पूर्व एमालेको सबै भाग खोसेर एक्लौटी गर्नुभएको छ । मैले कहिल्यै केही मागेको छु ?”भन्नुभएको स्रोतले बताएको छ ।

तर प्रधानमन्त्रीले आफूले कहिल्यै भागबण्डाको राजनीति नगरेको बताउनुभयो । त्यसको पनि प्रतिवाद गर्दै नेपालले भन्नुभयो ‘यदि भागबण्डामा नजाने हो भने तपाईंले विधि,प्रणाली र सहमतिमा जाऊँ भन्न सक्नुहुन्थ्यो । पूर्व माओवादीलाई पनि पूरै सिष्टममा ल्याऊँ,सबै पारदर्शी बनाऔं भनेको भए कसैले पनि पूर्व विशेषण जोड्न पाउँदैनथ्यो । अनि त्यहि आधारमा अघि बढौं भन्न सक्नुहुन्थ्यो । तर त्यो कहिल्यै गर्नुभएन । तपाईंले कहिल्यै त्यस्तो पहल गर्नुभयो ? मसँग नजिक रहेका नेता तथा कार्यकर्ताहरुलाई सखाप पार्न खोज्दै खोज्दै हिँड्नुभयो ।”

बैठक कक्षमा पुग्नासाथ वामदेव कड्किनुभयो ‘तपाईं नै हो यो सबै समस्या खडा गर्ने  तपाईंमा आत्मआलोचनाको कुनै शब्द छैन  प्रचण्डले त्याग गरेर सत्ता सञ्चालनको लागि आधा आधा गर्ने भनेकै हुन्  अध्यक्ष पनि पालैपालो गर्ने भनिएकै थियो  तपाईंले कहिल्यै मान्नुभयो उल्टै प्रचण्डलाई दोष दिनुहुन्छ ?’

त्यसपछि वामदेव गौतम,रामबहादुर थापा ‘बादल’,ईश्वर पोखरेल,विष्णु पौडेल पनि क्रमशः प्रधानमन्त्री र वरिष्ठ नेता नेपाल वार्तालाप गरिरहेको बैठक कक्षमा छिर्नुभयो । पुग्नासाथ वामदेव कड्किनुभयो ‘तपाईं नै हो यो सबै समस्या खडा गर्ने । तपाईंमा आत्मआलोचनाको कुनै शब्द छैन । प्रचण्डले त्याग गरेर सत्ता सञ्चालनको लागि आधा आधा गर्ने भनेकै हुन् । अध्यक्ष पनि पालैपालो गर्ने भनिएकै थियो । तपाईंले कहिल्यै मान्नुभयो ? उल्टै प्रचण्डलाई दोष दिनुहुन्छ ?’ यति भनेपछि गौतम ‘अब योभन्दा चर्को नबोलौं,फेरि झगडा पर्न सक्छ’ भनेर बाटो लाग्नुभएको थियो ।

त्यसपछि नेपाल र पौडेल पनि सँगै निस्कनुभयो । निस्कने क्रममा महासचिवले मलाई त साह्रै दिक्क लागिसक्यो भन्दै व्यक्त गर्नुभएको चिन्तामा नेपालले ‘तपाईंले मिलाउनुस् । केपी ओलीलाई ‘त्याग गर्न लगाएर भएपनि मिलाउनुस्’ भनिदिनुभएको रघुजी पन्तले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई शुरुदेखि नै बैठक बोलाउने प्रस्ताव त्यति प्रियकर लागेको होइन । उहाँ बैठक सकेसम्म टार्ने कोशिश गर्नुहुन्थ्यो । त्यहि क्रममा गत शनिबार सचिवालयका बहुमत सदस्यहरुले यथाशीघ्र बैठक आह्वान गर्न पत्रै बुझाउँदै ध्यानाकर्षण गराए ।

बैठक बोलाउन सीधै आग्रह गर्दा पनि अटेर गरेपछि प्रचण्डले महासचिव विष्णु पौडेललाई पनि पटक पटक भन्नुभयो । खुमलटारलाई पौडेलले विशेष सरसल्लाह ओलीबाहेक अरुसँग नगर्ने गरेको र दुईतिर जुधाएर फाइदा उठाउने गरेको भान पर्दै आएको छ । उता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले भने आफ्नो सहमति बिना बैठक बस्न नसक्ने बताउँदै आउनुभएको छ ।

 त्यस्तो लुरुक्क पर्ने मान्छे हुँ बैठकमा लगेर मेरो हुर्मत् लिन खोज्ने ?

उहाँले सहमतिको लागि कराउन बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डलाई ‘बैठक किन बोलाउने ? बैठकमा लगेर तपाईंले राक्षसको हालत जस्तै बनाउन खोज्नुभएको ? त्यहि देवीले गरेको जस्तो व्यवहार देखाउन लागेको ? नरमुण्डको माला लगाएकी,जीब्रो बाहिर निकालेकी,आँखा ठूलो र राताराता बनाएर महाकालीजस्ती देखिएकी,हातमा भाला लिएकी,राक्षसको शरीरमा भाला रोपेकी,ताण्डव नृत्य गर्दै आफनो गोडालाई राक्षसको शरीरमा टेकाएकी- मलाई पनि त्यहि अवस्थामा पुर्याउन खोजेको तपाईंहरुले ? म त्यस्तो लुरुक्क पर्ने मान्छे हुँ ? बैठकमा लगेर मेरो हुर्मत् लिन खोज्ने ? त्यस्तो बैठकमा म जान्न । त्यस्तो बैठकको मलाई मतलब पनि छैन । मेरो सहमति बिना बैठक बोलाउनु भयो भने त्यहि दिन  त्योभन्दा ठूलो कदम चालेर देखाइदिन्छु’भन्नुभएको थियो ।

त्यसपछि सचिवालयका बहुमत सदस्यहरुको पार्टी केन्द्रीय कार्यालयमा आयोजित अनौपचारिक भेलाले निर्णय गरेबमोजिम बैठक आह्वानको लागि लिखित पत्र प्रधानमन्त्रीलाई बालुवाटारमा बुझाइएको थियो । त्यसअघि प्रधानमन्त्रीले दाहालसँग गर्नुभएको भेटहरुमा स्थायी कमिटीलाई हुल्लडबाजहरुको जमात,सचिवालयलाई बाहुबलीहरुको कमिटी भन्ने गरेको त मिडियामा छरपष्टै छ । प्रधानमन्त्रीले बैठक बोलाउने आह्वान पत्र बोकेर बालुवाटार पुगेका पाँच जना सचिवालय सदस्यहरुको सामुन्ने नडगमगाउँदै बैठक बोलाउने प्रसङ्ग नै निकाल्नुभएन । एकजना सदस्य भन्छन् ‘पाँच जनाको सामुन्ने त त्यसरी कड्कने प्रधानमन्त्रीले एक्लै जाँदा प्रचण्डको कति हुर्मत लिनुभयो होला ?’

त्यसबखत पनि प्रधानमन्त्रीले बैठक बोलाउने प्रसंगमा,‘म विचार गर्छु,सोच्छु,महासचिवसँग कुरा गर्छु,विधानबमोजिम जान्छु” भन्ने बाहेक अरु केहीपनि उल्लेख नगरेपछि सबै अचम्भित भएका थिए । त्यतिखेरै सचिवालयका केही सदस्यले प्रधानमन्त्रीलाई ‘तत्काल यहीँबाट महासचिव विष्णु पौडेललाई फोन गरेर समय मिलाउन,निजी सचिवालयसँग समन्वय गरेर बैठकको मिति तय गर्न’ बारम्बार अनुरोध गरेपनि प्रधानमन्त्रीले ‘म सोच्छु’ भन्ने बाहेक अरु केही नभन्नुभएको बताइन्छ ।

पाँच जनाको सामुन्ने  त्यसरी कड्कने प्रधानमन्त्रीले एक्लै जाँदा प्रचण्डको कति हुर्मत लिनुभयो होला ?’

गत मंगलबार नेपालसहितको चार सदस्यीय टोलीसँग गरेको कुराकानीमा प्रधानमन्त्रीले ‘तपाईंहरुको निवेदनमा आवश्यक कारबाहीको लागि तोक आदेश लगाएर पठाइदिएको’ बताउनुभएको थियो । प्रधानमन्त्रीको उक्त भनाईलाई आफूहरुले ‘अहंकार’ को रुपमा बुझेको टोलीका एकजना सदस्यले बताए ।

हिजो अपरान्ह बोलाइएको बैठकमा भने प्रचण्डले प्रधानमन्त्रीबिरुद्ध १९ पृष्ठको काउण्टर पत्र पेश गर्नुभएको छ । त्यसअघि सचिवालयका बहुमत सदस्यहरुले पढिसकेको उक्त पत्रमा आफूमाथि प्रधानमन्त्रीले लगाउनुभएको गम्भीर आरोपको प्रतिवाद मात्रै गरिएको नभई  प्रधानमन्त्रीको कार्यशैलिमाथि  ठूलो प्रहार गरिएको छ । यसअघि प्रधानमन्त्रीले पठाएको पत्रमा विधिसम्मत बोलाइएको बैठक सञ्चालनको लागि आफू सधैं पूर्ण रुपले तयार भएको उल्लेख छ ।

तर,काउण्टर पत्रमा प्रचण्डले ‘तपाईं बैठकको लागि तयार हुनुहुन्छ,विधिसम्मत तवरले पार्टी सञ्चालन गर्न र बैठकको निर्णय मान्नसमेत तयार हुनुहुन्छ भन्ने सुन्दा त्यस्तै भइदियोस् भन्ने मेरो चाहना हो’ भनेर व्यङ्ग कस्नुभएको छ । सचिवालयका बहुमत सदस्यहरुको अनुसार बैठकमा यसअघि पेश गरेको पत्रमा लेखिएको भाषाका कारण प्रधानमन्त्री नराम्रोसँग फस्नुभएको छ । किनकि वहाँले पत्रमा आफू कहिल्यै पनि बैठकको,विधिको र विधानको बिरोधी नभएको जिकीर गर्नुभएको छ । तर,व्यवहार भने सँधै ठीक उल्टो देखिँदै आएको अर्को पक्षको दावी छ ।

अहिले प्रधानमन्त्रीलाई त्यहि पत्रमा लेखिएझैं सबै कुराको पालना गर्नको लागि काउण्टर दिँदै प्रचण्डले नयाँ पत्र दर्ज गराउनुभएको बताइएको छ । प्रधानमन्त्रीको पत्र १० पृष्ठको थियो भने सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक निर्णय दुई पृष्ठको,प्रचण्डको अघिल्लो पत्र सात पृष्ठको र पछिल्लो १९ गरी यतिखेर पार्टी सचिवालयमा पेश भएका पत्रहरुको पृष्ठ नै ३८ पुगेको छ । ‘केपी एण्ड कम्पनीसँगको लडाईंमा उक्त पत्रहरुको संगालो एउटा महत्वपूर्ण दस्तावेज बन्ने’ खुमलटार नजिकका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक