एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई पक्राउ

महोत्तरी, कात्तिक १२ः जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट एक हजार पाँचसय वटासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा जिल्लामा घर बताउने २७ बर्षीय अशिम भुजेल र सिन्धुली जिल्ला घर बताउने २७ बर्षीय मनोज भुजेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट ६ हजार तीन सय ५० रुपैयाँ तथा दुई वटा मोवाइल सेट समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ लंका टोलस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया हरिपुर धर्मशाल १२ घर बताउने ४० बर्षीय दयावल तिवारी रहेका छन् ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ३८ बोतल, स्पास्मो प्रोक्सी ६ पत्ता र नाईट्रोजन ट्याब्लेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज तिवारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

चोरीपैठारीको सामान बरामद
धनुषा जिल्लाको नगराईन नगरपालिका ६ स्थित लगमाघाट ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न खालको मोवाईलको चार्जर बरामद बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको चार सय ६० वटा विभिन्न खालको मोवाईलको चार्जर सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस लगमाघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त चार्जर ल्याउँने व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उल्लेखित चार्जर सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद चार्जर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड