August 30, 2020

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू

उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो । उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो । हामी यही अस्पतालमै बस्यौं । हारगुहार गर्दा पनि समयमा रिपोर्ट पाएनौं ।’ ज्वरोको लक्षण देखापरेपछि उनलाई उदयपुरमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा कोरोना परीक्षण गर्न नमानेको आफन्तको गुनासो छ ।

रिपोर्ट समयमा नपाउँदा आफन्तहरू मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । देशभर अधिकांशको मृत्युपछि मात्रै कोरोना परीक्षण भई रिपोर्ट आउने गरेको छ । स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलो आउँदा आफन्तहरू प्रताडित हुने गरेका छन् । गुल्मीमा केही महिनाअघि मृत्यु भएका मृतकका एक आफन्तले भने, ‘मृत्यु त भयो तर स्वाब संकलन गरेको झन्डै एक हप्तामा रिपोर्ट आयो । हामी निकै तनावमा थियौं ।’

हाल दैनिक ११ हजार जनाको हारहारीमा कोरोना परीक्षण हुने गरेको छ । परीक्षणको दायरा बढाउँदा रिपोर्ट होल्ड भएको हुन सक्ने विज्ञहरू बताउँछन् । यस्तै, अस्पतालहरूले लक्षण देखिएका बिरामीहरूको कोरोना परीक्षणलाई द्रुत रूपमा अघि बढाउन नसकेको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले केन्द्रीय प्रयोगशालाले आकस्मिक रिपोर्ट स्वाबको नमुना आएको १२ घण्टाभित्रसम्म दिइने गरेको बताए । उनले भने, ‘आकस्मिक अवस्थाको भए स्वाबको रिपोर्ट सामान्यतया १२ घण्टासम्म आइपुग्नु पर्छ । सम्बन्धित अस्पतालका चिकित्सकको सिफारिस चाहिन्छ । तर, होल्डिङ भएका स्याम्पलको रिपोर्ट २४ देखि ३६ घण्टाभित्र आउँछ ।’

शुक्रबार देशभर थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ । शुक्रबार काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । हालसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४ हजार ८ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २ सय ४२ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १ सय ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टिनमा रहनेको संख्या ८ हजार ९ सय ३९ पुगेका छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन