August 30, 2020

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू

उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो । उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो । हामी यही अस्पतालमै बस्यौं । हारगुहार गर्दा पनि समयमा रिपोर्ट पाएनौं ।’ ज्वरोको लक्षण देखापरेपछि उनलाई उदयपुरमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा कोरोना परीक्षण गर्न नमानेको आफन्तको गुनासो छ ।

रिपोर्ट समयमा नपाउँदा आफन्तहरू मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । देशभर अधिकांशको मृत्युपछि मात्रै कोरोना परीक्षण भई रिपोर्ट आउने गरेको छ । स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलो आउँदा आफन्तहरू प्रताडित हुने गरेका छन् । गुल्मीमा केही महिनाअघि मृत्यु भएका मृतकका एक आफन्तले भने, ‘मृत्यु त भयो तर स्वाब संकलन गरेको झन्डै एक हप्तामा रिपोर्ट आयो । हामी निकै तनावमा थियौं ।’

हाल दैनिक ११ हजार जनाको हारहारीमा कोरोना परीक्षण हुने गरेको छ । परीक्षणको दायरा बढाउँदा रिपोर्ट होल्ड भएको हुन सक्ने विज्ञहरू बताउँछन् । यस्तै, अस्पतालहरूले लक्षण देखिएका बिरामीहरूको कोरोना परीक्षणलाई द्रुत रूपमा अघि बढाउन नसकेको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले केन्द्रीय प्रयोगशालाले आकस्मिक रिपोर्ट स्वाबको नमुना आएको १२ घण्टाभित्रसम्म दिइने गरेको बताए । उनले भने, ‘आकस्मिक अवस्थाको भए स्वाबको रिपोर्ट सामान्यतया १२ घण्टासम्म आइपुग्नु पर्छ । सम्बन्धित अस्पतालका चिकित्सकको सिफारिस चाहिन्छ । तर, होल्डिङ भएका स्याम्पलको रिपोर्ट २४ देखि ३६ घण्टाभित्र आउँछ ।’

शुक्रबार देशभर थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ । शुक्रबार काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । हालसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४ हजार ८ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २ सय ४२ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १ सय ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टिनमा रहनेको संख्या ८ हजार ९ सय ३९ पुगेका छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग