ससुराली आएर फर्केका शशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण भेटिएपछि नवमीडाँडामा सरकारी सेवा बन्द

साउन २७, पाँचथर : ससुराली आएर फर्केका शशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण भेटिएपछि पाँचथरको फाल्गुनन्द गाँउ पालिका १ नवमीडाँडा स्थित एकै परिवारका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  एकसाता अघि ससुराली घर आएर फर्केका ती जवान सहित साउन २३ गते इलाम स्थित शसस्त्र प्रहरी गणका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नवमीडाँडाका ४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएकाहरुमा संक्रमण पुष्टि भएका जवानकी श्रीमती,एकजना बच्चा र बाबु आमा रहेको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले वताए।उनीहरुलाइ फिदिम स्थित शिक्षा स्रोत केन्द्र भवनको क्वारेन्टाइनमा राख्नुका साथै पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर कोशी अस्पताल बिराटनगर पठाइएको बताइएको छ ।

यसैविच फाल्गुनन्द गाँउ पालिका वडा नम्वर १ को कार्यालयले सूचना जारी गर्दै संक्रमितको परिवारका सदस्यहरुको परिक्षण रिपोर्ट नआएसम्मका लागि वडा कार्यालयवाट हुने सवै सेवा वन्द गर्ने तथा अत्यावस्यक वाहेक सवारी साधन प्रवेशमा पनि रोक लगाउने निर्णय गरेको छ । वजार क्षेत्रका पसल पनि सुरक्षा सावधानी अपनाएर मात्रै खोल्न भनिएको वडाध्यक्ष होमप्रसाद आङदेम्वेले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको