रगतमा रहेको युरिक एसिड लाई मृगौलाले राम्ररी छान्न नसक्दा यस्को मात्रा बढ्न जाने हुदा यो रोग लाग्दछ । १) फास्ट फुड, जन्क फुड, डिब्बाबन्द खाना अधिक खएमा गठिया बाथ रोग हुन सक्दछ । २) ज्यादा क्रोधी र दिनमा सुत्ने आदत भएमा । ३) अधिक खाना खाने र श्रम नगर्ने ब्यक्तिमा यो रोग अधिक मात्रामा देखिएको छ । ४) बोसोयुक्त भोजन धेरै गरेमा । ५) अजीर्ण रोगले ग्रसित भएमा । ६) प्रोटिन युक्त खाना (अन्डा दाल मासु) अधिक खाएमा ।
लक्षण
१) औला र जोर्निहरु दुख्नु । २) ज्वोरो आउनु, कब्जियत हुनु र टाउको दुख्नु । ३) जोर्निहरु सुन्निनु । ४) अधिक प्यास लाग्नु । ५) हातखुट्टामा गाठागुठी देखिनु ।
घरेलु उपचार बिधी
खानपानमा नियन्त्रण गरि नियमित हिडडुल गरि प्रसस्त पानी पिउने गरेमा यो रोग लाग्ने सम्भावना कम रहन्छ । १) प्रतिदिन १-२ वटा हर्रो कुटेर चुर्ण बनाइ सख्खर सँग खाने । २) गुर्जोको रस पिएमा गठिया रोगको सुन्निने र दुख्ने कम हुन्छ । ३) अडिरको तेल सँग गुर्जोको रस मिलाएर सेवन गरेमा रोग निको हुन्छ । ४) तिल भुटेर दूध सँग पिसेर सुन्निएको ठाउँमा लेप लगाउदा सुन्निएको बस्ने र दुखेको कम हुन्छ । ५) जैतुनको तेलले प्रभावित ठाउँमा मालिस गरे पनि राहात मिल्दछ । ६) अदुवाको रस सेवन गर्दा पनि बाथ रोग कम हुन्छ । ७) जन्तुजन्य प्रोटिन, दाल गेडागुडी नगन्य मात्रामा खाने तथा अल्कोहल सेवन नगर्ने । ८) पारीजातको पातको उमालेर सो रस नियमित १५ दिन सम्म सेवन गर्ने ।
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका