June 27, 2020

११ दिनको अवधिमा २४ अर्ब बढी राजस्व संकलन

People Nepal | 2020 Jun 27 | 08:00 am 10
काठमाडौं, असार १३ः बन्दाबन्दी खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको हो ।

विभागका अनुसार १–१२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यस अवधिमा जम्मा भएको २४ अर्ब २२ करोड राजस्व मध्ये आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)बाट गरी जम्मा २३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो भने अन्य बाँकी ३६ करोड रुपैयाँ शिक्षा सेवा र स्वास्थ्य सेवा करबापत संकलन भएको विभागले जनाएको छ ।

सरकारको गत ७ असारभित्र कर तिर्न दिएको पछिल्लो अल्टिमेटमलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर, सर्वोच्चले दिएको यस्तो मौकाका बाबजुद पनि करदाता एवं सेवाग्राही व्यवसायीले असारको बितेका ११ दिनमा २४ अर्ब २२ करोड रुपैयाँ राजस्व खातामा दाखिला गरिदिएर सरकारलाई संकट परेको बेला सारथी बनिदिएका हुन् ।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले १ असारबाट लकडाउन केही खुकुलो भएसँगै सेवाग्राही एवं व्यवसायीले स्वःस्फूर्त रूपमा धमाधम राजस्व बुझाउन थालेकाले छोटो समयमा धेरै राजस्व संकलन भएको बताए । निजी क्षेत्रले आफ्नो जिम्मेवारीअनुसार समयमै राजस्व बुझाएर सरकारलाई राम्रो साथ दिएको र यो सरकारका लागि गौरवको विषय भएको महानिर्देशक कुँवरको भनाइ छ ।

महानिर्देशक कुँवरले अहिलेसम्मको राजस्व उठ्तीको अवस्था हेर्दा विभागले असारमा राजस्व उठाउन लिएको लक्ष्य पूरा हुने दाबी गरे । आन्तरिक राजस्व विभागले चालु आवको असारमा करिब ८२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । अहिलेसम्म उठेको राजस्वले असार महिनाको लक्षित राजस्व सजिलै पूरा हुने विभागका महानिर्देशक कुँवरको दाबी छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल