अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छः प्रधामन्त्री ओली

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button
काठमाडाैं, जेठ ३२ः नयाँ नक्सा समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ ।’ सरकार अभूतपूर्व एकताले उत्साही छ । र, यसकै जगमा भारतसँग वार्ताको पक्षमा छ ।प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा रहेको भन्दै आगामी प्रक्रियाबारे भने, ‘संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ ।’

नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रतिनिधिसभाबाट दुई तिहाइभन्दा बढी मतले पारित भएपछि प्रधानमन्त्री ओलीले सरकारको आगामी बाटो बताएका हुन् । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा संसद्‌मा देखिएको अभूतपूर्वसहमतिले वार्ताका लागि सरकारलाई उर्जा थपेको छ । बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा बोल्दै प्रमुख दलका नेताहरुको पनि सुझाव दिएका छन्– ‘अब वार्ताबाट अगाडि बढ्नुपर्छ ।’

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारितसँगै सबैको जोड वार्तामा छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले ऐतिहासिक तथ्य, तथ्यांक, दस्तावेजका आधारमा समस्या सदाका लागि समाधान गरेर असल मैत्री–सम्बन्धको चरणतर्फ लैजान वातावरण बनोस् भन्ने आफूहरुको चाहना रहेको बताए । ‘नक्सा प्रकाशन गरेर र त्यो बाटो उद्घाटन गरेर भारतले हामी नेपालीलाई एकताबद्ध हुन, आफ्नो गुमेको जमिन फिर्ता लिन अगाडि बढ्न नकारात्मक रूपले चुनौती दियो । म त्यसका लागि ती मन्त्रीहरू र भारतीय नेताहरूलाई धन्यवाद भन्न चाहन्छु । इतिहासको जिम्मेवारी पूरा गर्न हामीलाई तपाईंहरूले घचघच्याउनुभो । तपाईंहरूले त्यसो नगरेको भए हामीले त अलि अर्कै तरिकाले समस्या समाधान गर्न चाहेका थियौं । वार्ता र संवादको बाटोबाटै समस्या समाधान होस् भन्ने चाहेका थियौं । तर, आज हामी संविधान संशोधनको घडीसम्म आइपुगेका छौं । यसको के अर्थ होइन भने र हुनु हुँदैन भने हामीले फेरि भारतसँग कुनै दुश्मनी चाहेका छौं त भन्दा विल्कुल छैनौं । हामी फेरि पनि भारतसँग यो समस्याको कूटनीतिक, शान्तिपूर्ण ढंगले समाधान गर्न चाहन्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका