June 2, 2020

नेपालमाआज थपिए २८८ जना संक्रमित, जम्मा संख्या २०९९ पुग्यो

 

जेठ २०,काठमाडौं । आज थप २ सय ८८ जनामा कोरोनाको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेलनमा मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले थपिएका २ सय ८८ सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ हजार ९९ पुगेको बताए ।

गत २४ घण्टामा गरिएको परीक्षण अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडौंमा १ सय १८ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता डा. देवकोटाका अनुसार धुलिखेल अस्पतालमा परीक्षण गरीएका मध्ये ३८ जनामा पोजेटिभ, पोखराको प्रयोगशालामा १०, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १, भेरी अस्पताल नेपालगञ्जमा २०, प्रादेशिक अस्पताल सुर्खेतमा ६४, हेटौंडाको प्रयोगशालामा १, दाङको प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको छ।

डा. देवकाेटाका अनुसार संक्रमित हुनेमध्ये १ हजार ९ सय ४९ पुरूष, १ सय ५० महिला रहेकाे छन् । अहिलेसम्म निकाे भएर घर फर्कीनेकाे संख्या २ सय ६६ रहेकाे छ भने क्वारेन्टाइनमा बस्नेहरू १ लाख ४५ हजार ३ सय ७५ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक