नेपालमा थप ६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार थप ६ जनामा कोरोना संक्रमित थपिएका छन् भने एकजना मृतक पनि थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६८२ पुगेको छ । यीमध्ये ८० महिला र बाँकी ६०२ पुरुष रहेका छन् ।
प्रवक्ता देवकोटाका अनुसार सेती अस्पताल प्रयोगशालामा परीक्षण गर्दा अछाम मेनलेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा ३ जनामा संक्रमण देखिएको छ । उनीहरु गुलरिया-१० बर्दियाका २२ र २४ पुरुष र गुलरिया-२ का १८ वर्षीया पुरुष रहेका छन् ।
त्यस्तै नारायणी अस्पतालको प्रयोगशालामा २ जनामा संक्रमण भेटिएको छ । यीमध्ये जिराभवानी-४ पर्साकफ कालिकामाईका १८ वर्षीय पुरुष, काठमाडौं घर भई कलैयामा रहेका २८ वर्षीया पुरुष रहेका छन् ।
वीरगञ्ज पर्सामा यसअघि मृत्यू भएका ७० वर्षीया पुरुषमा पनि कोरोना संक्रमित देखिएसँगै मृतकको संख्या चार पुगेको हो । उनी क्षयरोगबाट ग्रसित थिए ।
सोमबार २४ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । फर्किनेमध्ये ९ जना महिला र १४ जना पुरुष हुनुहुन्छ । डिस्चार्ज हुनेहरु २१ दिनदेखि ९/१० दिनसम्ममा निको भएका छन् ।
नेपालभर २० वटा पिसिआर परीक्षण केन्द्र पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,