ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना संक्रमण

जेठ १०,काठमाडौं: काठमाडौंको ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो।

उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको बताइएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो।उनी ग्राण्डीका कर्मचारी भएको स्रोतको भनाइ छ। अब अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ। कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने