मन्त्रिपरिषद् बैठक बस्दै, विदेशमा रहेका नेपाली ल्याउने कार्यविधिबारे छलफल हुने

 जेठ ९,काठमाडौं : मन्त्रिपरिषद् बैठक बस्दैछ । शुक्रबार बिहान १० बजे बस्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा समितिले तयार पारेको कार्यविधिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

भारतसहित विभिन्न तेस्रो मुलुकमा रहेका, विश्वका विभिन्न मुलुकको श्रम बजारमा रहेका र अहिले अलपत्र हालतमा रहेका नेपालीलाई ल्याउने विषयमा सरकारले कार्यविधि तयार पारेको बुझिएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग ब्रिफिङ लिइ तयारीबारे बुझेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यविधि नै बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले देशभर रहेका विशेषतः स्थानीय तहले बनाएका क्वारेन्टाइन भरपर्दो नरहेको पाइएकाले सोको व्यवस्थापनपश्चात् मात्रै ल्याउने तयारी गर्न निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशबाट पिक गर्नेदेखि क्वारेन्टाइनमा राख्ने र घर पठाउनेसम्म सबैको मूर्त योजना बनेपछि, तयारी पूरा भएपछि मात्रै विदेशबाट नागरिक ल्याउन सुरु गरिने बताएका थिए । यसबारेमा आजको मन्त्रिपरिषद् बैठकले विस्तृत निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने