भारतबाट आएको भाइरस अलि कडा: प्रधानमन्त्री ओली

जेठ ७,काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको बताए । ‘अरूमा संक्रमण हुन नपाओस् भनेर उच्च सतर्कता अपनाउने, सकेसम्म बढी परीक्षण गर्ने, बढी भरपर्दाे ढंगले परीक्षण गर्ने, क्वारेन्टाइनको व्यवस्था गर्ने, क्वारेन्टाइनलाई अझै प्रभावकारी बनाउने कामहरू गर्दै छौँ,’ उनले भने ।

 बाहिरबाट मानिस भित्रिरहेकाले देशैभरि क्वारेन्टाइन थप्न लागिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘बाहिरबाट आएकाहरू, त्यसले पारेको प्रभाव र अरू आउन सक्ने सम्भावनालाई ख्याल गर्दै वडा–वडामा क्वारेन्टाइन बनाउने काम अघि बढाएका छौँ । अरू देशबाट आएको नरम देखिएको थियो । तर, भारतबाट आएको अलि कडा भाइरस देखिएको छ ।’कोरोनाका कारण वा कोरोना संक्रमित भएको अवस्थामा ज्यान गुमाउनु नपरोस् भनेर सरकारले प्रयास गरे पनि सफल हुन नसकिएको उनको भनाइ थियो । कोरोनाबाट दुईजनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाभन्दा पनि अन्य कारणले मृत्यु भएको हुन सक्ने शंका जनाए । भारतबाट लुकेर पनि आइरहेकाले गम्भीर हुन सक्ने उनको भनाइ थियो । ‘अहिले भारतबाट संक्रमित भएर आउने संख्या अत्यन्तै ठूलो छ । र, ती व्यक्तिहरू कोही लुकेर बसिदिने, कोही पत्ता लाग्न गाह्रो हुने, कोही खुरुखुरु घर गइदिने, कोही समुदायमा मिसिएर बस्नेजस्ता कुराहरूले यो अवस्था अलि गम्भीर बन्ने हुन सक्छ,’ उनले भने ।

बाहिरबाट आउने मानिसलाई रोक्न नसकेपछि संक्रमण फैलिनबाट रोक्न सकिने उनको भनाइ थियो । ‘कोरोना मुक्त गर्ने लक्ष्यका साथ अघि बढेको थियौँ, तर बाहिरबाट आउनेक्रमलाई रोक्न सकिएन । जनताका कारण सकिएन, जनप्रतिनिधिको दबाबका कारण पनि रोक्न सकिएन । सिमाना आएर बस्नेहरूको कारणले पनि रोक्न सकिएन । जसले गर्दा हामी भयावह स्थितितर्फ जानुपर्ने हो भन्ने स्थिति देखापरेको छ,’ उनले भने, ‘रोक्न नसक्ने स्थिति होइन । तर, कहाँबाट, कसरी सर्‍योे भनेर ट्रेसिङ गर्न सकेका छौँ । त्यसकारण हामी यसलाई अझै पनि कन्ट्रोल गर्न सक्दछौँ ।’

लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको उनको जिकिर थियो । ‘जब नेपालमा प्रवेश गर्‍यो, तब लकडाउन गर्‍यौँ । त्यसले गर्दा लामो समय फैलन पाएन, पछि फैलियो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसभित्रमा राजनीति गर्न खोज्ने, खेल्ने र सरकारको असफलता देखाउन खोज्ने त्यसप्रकारका प्रतिक्रियालाई छाडेर आमजनताबाट हामीले व्यापक समर्थन प्राप्त गर्‍यौँ । र, सफलताको साथ अघि बढ्यौँ । हाम्रो नीति तथा कार्यक्रममा कोरोनालाई महत्व दिएका छौँ । यसलाई नियन्त्रण र निर्मूल गर्न र कोरोनामुक्त नेपाल पहिलो प्राथमिकता हो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण