भारतबाट आएको भाइरस अलि कडा: प्रधानमन्त्री ओली

जेठ ७,काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको बताए । ‘अरूमा संक्रमण हुन नपाओस् भनेर उच्च सतर्कता अपनाउने, सकेसम्म बढी परीक्षण गर्ने, बढी भरपर्दाे ढंगले परीक्षण गर्ने, क्वारेन्टाइनको व्यवस्था गर्ने, क्वारेन्टाइनलाई अझै प्रभावकारी बनाउने कामहरू गर्दै छौँ,’ उनले भने ।

 बाहिरबाट मानिस भित्रिरहेकाले देशैभरि क्वारेन्टाइन थप्न लागिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘बाहिरबाट आएकाहरू, त्यसले पारेको प्रभाव र अरू आउन सक्ने सम्भावनालाई ख्याल गर्दै वडा–वडामा क्वारेन्टाइन बनाउने काम अघि बढाएका छौँ । अरू देशबाट आएको नरम देखिएको थियो । तर, भारतबाट आएको अलि कडा भाइरस देखिएको छ ।’कोरोनाका कारण वा कोरोना संक्रमित भएको अवस्थामा ज्यान गुमाउनु नपरोस् भनेर सरकारले प्रयास गरे पनि सफल हुन नसकिएको उनको भनाइ थियो । कोरोनाबाट दुईजनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाभन्दा पनि अन्य कारणले मृत्यु भएको हुन सक्ने शंका जनाए । भारतबाट लुकेर पनि आइरहेकाले गम्भीर हुन सक्ने उनको भनाइ थियो । ‘अहिले भारतबाट संक्रमित भएर आउने संख्या अत्यन्तै ठूलो छ । र, ती व्यक्तिहरू कोही लुकेर बसिदिने, कोही पत्ता लाग्न गाह्रो हुने, कोही खुरुखुरु घर गइदिने, कोही समुदायमा मिसिएर बस्नेजस्ता कुराहरूले यो अवस्था अलि गम्भीर बन्ने हुन सक्छ,’ उनले भने ।

बाहिरबाट आउने मानिसलाई रोक्न नसकेपछि संक्रमण फैलिनबाट रोक्न सकिने उनको भनाइ थियो । ‘कोरोना मुक्त गर्ने लक्ष्यका साथ अघि बढेको थियौँ, तर बाहिरबाट आउनेक्रमलाई रोक्न सकिएन । जनताका कारण सकिएन, जनप्रतिनिधिको दबाबका कारण पनि रोक्न सकिएन । सिमाना आएर बस्नेहरूको कारणले पनि रोक्न सकिएन । जसले गर्दा हामी भयावह स्थितितर्फ जानुपर्ने हो भन्ने स्थिति देखापरेको छ,’ उनले भने, ‘रोक्न नसक्ने स्थिति होइन । तर, कहाँबाट, कसरी सर्‍योे भनेर ट्रेसिङ गर्न सकेका छौँ । त्यसकारण हामी यसलाई अझै पनि कन्ट्रोल गर्न सक्दछौँ ।’

लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको उनको जिकिर थियो । ‘जब नेपालमा प्रवेश गर्‍यो, तब लकडाउन गर्‍यौँ । त्यसले गर्दा लामो समय फैलन पाएन, पछि फैलियो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसभित्रमा राजनीति गर्न खोज्ने, खेल्ने र सरकारको असफलता देखाउन खोज्ने त्यसप्रकारका प्रतिक्रियालाई छाडेर आमजनताबाट हामीले व्यापक समर्थन प्राप्त गर्‍यौँ । र, सफलताको साथ अघि बढ्यौँ । हाम्रो नीति तथा कार्यक्रममा कोरोनालाई महत्व दिएका छौँ । यसलाई नियन्त्रण र निर्मूल गर्न र कोरोनामुक्त नेपाल पहिलो प्राथमिकता हो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय