आज हावाहुरी-चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ २आज (शुक्रबार) पश्चिम तराईबाहेक देशका सबै स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेकाे माैसमविद्ले बताएका छन्।

मौसम पूर्वानमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वका सबै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। यसैगरी पश्चिम पहाडमा पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना छ।

‘पश्चिम पहाडमा मध्याह्नपछि वर्षा हुने देखिन्छ भने केही स्थानमा त अहिले नै वर्षा सुरु भइसकेको छ,’ शुक्रबार बिहान मौसमविद् कँडेलले भनिन्, ‘काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पानी पर्न सुरु भइसकेको छ भने पूर्वका पनि केही ठाउँमा वर्षा भइरहेको छ।’

प्रिमनसुन भएकाले वर्षाका साथमा हावाहुरी, चट्याङको पनि उत्तिकै सम्भावना रहने मौसमविद्ले बताएका छन्।

माैसम महाशाखाले गरेकाे तीन दिनको मौसम पूर्वानुमान

जेठ  गते (शुक्रबार)

दिउँसोः  देशको मध्य तथा पूर्वी  भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको पूर्वी  भू-भागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३ गते (शनिबार)

दिउँसोः  देशको पूर्वी  तथा मध्य पहाडी भू-भागमा सामान्य  बदली र पश्चिमी पहाडी भू-भागसहित मध्य क्षेत्रको तराइ भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग र मध्य पहाडी भू-भागका थोरै स्थान तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको पूर्वी  भू-भाग सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित  वर्षाको सम्भावना छ।

जेठ  गते (आइतबार)

दिउँसोः  देशको पूर्वी  भू-भागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा मध्याह्नपछि आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपराह्नपछि एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको मध्य तथा पूर्वी  पहाडी  भू-भागमा सामान्य  बदली र पूर्वी तराई तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना