May 3, 2020

नागढुंगा नाकामा डिसइन्सफेक्सन टनेल सञ्चालन

काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा आएको छ ।  काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो ।

सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । नागढुंगामा सुन्दर यातायातको सहयोगमा टनेल निर्माण भएको हो ।

उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको उनको भनाई छ । यात्रुहरुलाई उपत्यका प्रवेश निषेध गरिएको र मालबाहक सवारीबाट सुरक्षा जोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउने गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

सवारीमा भएको किटाणु निष्कृय पार्नका लागि टनेल निर्माण भएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।

भारतबाट ठूलो संख्यामा मालबाहक सावरी भित्रिने भएपछि जोखिम रहेको भन्दै उनले डिसइनफेक्सन गरेर मात्रै उपत्यका प्रवेशको व्यवस्था मिलाईएको बताए । लकडाउनको प्रोटोकल अनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिन नदिने कुरामा विशेष ध्यान दिइएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले बताए ।

टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि