काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका हुन ।
त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुने र यसका लागि प्रधानमन्त्री ओली भोलि नै अस्पताल भर्ना हुनेछन् ।