देशकै ठूलो मानिने पोखराको पृथ्वीनारायण क्याम्पसमा ५४९ जना प्राध्यापक छन्। तीमध्ये २ सय १८ जना आंशिक हुन्। उनीहरुको श्रेणी हुँदैन। उनीहरु ज्यालादारीमा काम गर्छन्। उनीहरुले एक पिरियड कक्षा लिएबापत ३ सय रुपैयाँ पाउँछन्। १४ वर्षदेखि क्याम्पसले आंशिक शिक्षकहरुबाट काम चलाउँदै आएको छ।
आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको दावी अनुसार उनीहरुले पढाईको करिब ७० प्रतिशत भार थाम्छन्। पूर्णकालीन प्राध्यापकहरुले दिनको २ देखि ४ पिरियड मात्रै पढाउँछन्।
पाठ्यक्रमले एक शैक्षिक सत्रमा प्रस्ट रुपमा १५० पिरियड अध्यापनपछि कोर्ष सकिने व्यवस्था गरिएको छ। तर, अध्यक्ष सुनिलका अनुसार क्याम्पस प्रशासनले कोर्ष पूरा नहुँदै पढाई बन्द भएको सूचना निकाल्छ। आंशिक प्राध्यापकहरु १ सय दिनभन्दा बढी कक्षामा जानै पाउँदैनन्। ‘हामीलाई सामान्य रुपमा पिउनको जस्तो पनि व्यवहार गरिँदैन’, उनले भने।
आफूहरुलाई करारमा नियुक्ती दिनुपर्ने मागसहित आन्दोलनमा उत्रेका यिनै आंशिक प्राध्यापकहरुले सोमबारबाट पढाउन नै बन्द गरे। पढाई बन्द हुँदा विद्यार्थीहरु पीडित बने। आंशिक प्राध्यापकहरुले आफ्नो माग पूरा नभएसम्म कक्षा सञ्चालन नै नगर्ने पनि बताएका छन्। उनीहरुले माग सम्बाेधन नभए सामूहिक राजीनामा दिने घोषणा गरेका छन्।
क्याम्पस प्रशासनले आंशिक प्राध्यापकहरुको बौद्धिक श्रम शोषण गरेको अध्यक्ष गौतमले आरोप लगाए। प्रशासनले ९ वर्षदेखि ज्यालादारी प्रथा लागु गर्दै आफूहरुको श्रम शोषण गरेको उनलको भनाई छ।
यता, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख डा चन्द्रबहादुर थापाले आफ्नो कारणले गर्दा आंशिक प्राध्यापकहरुलाई समस्या परेको भए पदबाट राजिनामा दिन तयार रहेको बताए। प्राध्यापकहरु अन्यायमा परेको स्विकार्दै उनले क्याम्पस प्रशासनको हातमा केही नभएको स्पष्ट पारे। ‘क्याम्पस प्रशासनको हातमा केही हुुँदैन, केन्द्रले नै हो तय गर्ने’, उनले भने, ‘मेरो काम समस्या लिएर जानेमात्र हो निर्णय केन्द्रले गर्ने हो, यसका लागि समिति गठन हुन्छ। केन्द्रबाट अनुगमन समित आएर अनुगमन गरेपछि मात्र थाहा हुन्छ।’
पिएन क्याम्पसमा अहिले करिब १४हजार विद्यार्थी अध्ययनरत छन्। आंशिक प्राध्यापकहरुको आन्दोलनको कारण सोमबार त्यहाँ स्नातक तथा स्नातकोत्तरका कुनै कक्षा भएनन्। पढाई बन्द भएपछि विद्यार्थीहरुले पढाई सुचारु गर्नुपर्ने माग गर्दै प्रशासनमा तालाबन्दी पनि गरेका छन्।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ