पीएन क्याम्पसका आंशिक प्राध्यापक आन्दोलनमा, प्रशासनमा विद्यार्थीकाे ताला

देशकै ठूलो मानिने पोखराको पृथ्वीनारायण क्याम्पसमा ५४९ जना प्राध्यापक छन्। तीमध्ये २ सय १८ जना आंशिक हुन्। उनीहरुको श्रेणी हुँदैन। उनीहरु ज्यालादारीमा काम गर्छन्। उनीहरुले एक पिरियड कक्षा लिएबापत ३ सय रुपैयाँ पाउँछन्। १४ वर्षदेखि क्याम्पसले आंशिक शिक्षकहरुबाट काम चलाउँदै आएको छ।

आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको दावी अनुसार उनीहरुले पढाईको करिब ७० प्रतिशत भार थाम्छन्। पूर्णकालीन प्राध्यापकहरुले दिनको २ देखि ४ पिरियड मात्रै पढाउँछन्।

पाठ्यक्रमले एक शैक्षिक सत्रमा प्रस्ट रुपमा १५० पिरियड अध्यापनपछि कोर्ष सकिने व्यवस्था गरिएको छ। तर, अध्यक्ष सुनिलका अनुसार क्याम्पस प्रशासनले कोर्ष पूरा नहुँदै पढाई बन्द भएको सूचना निकाल्छ। आंशिक प्राध्यापकहरु १ सय दिनभन्दा बढी कक्षामा जानै पाउँदैनन्। ‘हामीलाई सामान्य रुपमा पिउनको जस्तो पनि व्यवहार गरिँदैन’, उनले भने।

आफूहरुलाई करारमा नियुक्ती दिनुपर्ने मागसहित आन्दोलनमा उत्रेका यिनै आंशिक प्राध्यापकहरुले सोमबारबाट पढाउन नै बन्द गरे। पढाई बन्द हुँदा विद्यार्थीहरु पीडित बने। आंशिक प्राध्यापकहरुले आफ्नो माग पूरा नभएसम्म कक्षा सञ्चालन नै नगर्ने पनि बताएका छन्। उनीहरुले माग सम्बाेधन नभए सामूहिक राजीनामा दिने घोषणा गरेका छन्।

क्याम्पस प्रशासनले आंशिक प्राध्यापकहरुको बौद्धिक श्रम शोषण गरेको अध्यक्ष गौतमले आरोप लगाए। प्रशासनले ९ वर्षदेखि ज्यालादारी प्रथा लागु गर्दै आफूहरुको श्रम शोषण गरेको उनलको भनाई छ।

यता, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख डा चन्द्रबहादुर थापाले आफ्नो कारणले गर्दा आंशिक प्राध्यापकहरुलाई समस्या परेको भए पदबाट राजिनामा दिन तयार रहेको बताए। प्राध्यापकहरु अन्यायमा परेको स्विकार्दै उनले क्याम्पस प्रशासनको हातमा केही नभएको स्पष्ट पारे। ‘क्याम्पस प्रशासनको हातमा केही हुुँदैन, केन्द्रले नै हो तय गर्ने’, उनले भने, ‘मेरो काम समस्या लिएर जानेमात्र हो निर्णय केन्द्रले गर्ने हो, यसका लागि समिति गठन हुन्छ। केन्द्रबाट अनुगमन समित आएर अनुगमन गरेपछि मात्र थाहा हुन्छ।’

पिएन क्याम्पसमा अहिले करिब १४हजार विद्यार्थी अध्ययनरत छन्। आंशिक प्राध्यापकहरुको आन्दोलनको कारण सोमबार त्यहाँ स्नातक तथा स्नातकोत्तरका कुनै कक्षा भएनन्। पढाई बन्द भएपछि विद्यार्थीहरुले पढाई सुचारु गर्नुपर्ने माग गर्दै प्रशासनमा तालाबन्दी पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि