लिजमा दिएको नेपाल ट्रष्टको जग्गा कानुनसम्मत भएको पुष्टि

पुस ४, काठमाडौ । काठमाडौंको दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गाको लिज प्रकृया कानुनी रूपमै सम्पन्न गरिएको पुष्टि भएको छ। ट्रष्टले २०७३ उअसार १४ मा सूचना प्रकाशित गरी लिजमा दिनका लागि टेन्डर आव्हान गरेको उक्त जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले टेन्डर बोलकवोल पूरा गरी लिज प्राप्त गरेको नेपाल ट्रष्टको कागजातबाट पुष्टि भएको हो।

नेपाल ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिका-१ स्थित दरबारमार्गमा रहेको कि.नं. ४६०६ को क्षेत्रफल १-१४-०-० को जग्गा प्रतिस्पर्धाबाट बढी रकममा प्राप्त गरेको देखिएको छ। साख स्टील इण्डष्ट्रीज र अदृष्य/लियन जे.भि.ले पनि टेन्डर फारम भरेका थिए। तर थामसेर्कुले झण्डै दोब्बर रकम बढी कवोल गरेपछि टेन्डर प्राप्त गरेको ट्रष्ट कार्यालयको भनाई छ। थामसेर्कुले एक अर्ब ४० करोड १० लाख ८६ हजार ७५ रूपैयाँ कवोल गरेको थियो भने दोस्रोमा साख स्टील इण्डष्ट्रीजले ६२ करोड २४ लाख ५८ हजार ८ सय १६ र अन्तिममा अदृष्य/लियन जे.भिले २६ करोड २८ लाख रूपैयाँ कबोल गरेका थिए।

प्रकाशित टेण्डरअनुसार उक्त जग्गा बढी कबोल गर्ने थामसेर्कुले ३० वर्षको लिज प्राप्त गरी २०७४ जेठ १४ मा नेपाल ट्रष्टको कार्यालयबाट लिज सम्झौता गरेको थियो। ट्रष्टले टेण्डर सूचनाको सर्तअनुसार निर्माण अवधि ३ वर्ष सम्म वार्षिक भाडाप्रति वर्ष ५० लाख र निर्माण अवधि समाप्त भएपछि वार्षिक भाडा रकम ४ करोड ५० लाख रूपैया बुझाउने सम्झौता गरेको छ। थामसेर्कुले काठमाडौं महानगरपालिकाबाट २०७४ पुस ३० मा नक्सा पास गरी करिब ५० करोड लगानीमा निर्माण सम्पन्न गरी गत साउन १४ मा महानगरबाट निर्माण सम्पन्नको प्रमाणपत्र प्राप्त गरिसकेको थामसेर्कुका दिपेन्द्र बस्नेतले बताए। निर्माण र भाडामा ठूलो लगानी खर्च भएपनि त्यसबाट आम्दानी भने हालसम्म भएको पाइएको छैन।

थामसेर्कुले लिजका लागि कबाेल गरेकाे टेण्डर विवरण

लिज सम्झौताको सर्तअनुसार प्रत्येक ५/५ वर्षमा लिज सम्झौताको भाडा रकममा ५ प्रतिशतका दरले बृद्धि हुँदै जाने र लिज अवधि ३० वर्ष समाप्त भएपछि पनि कम्पनीले सम्पूर्ण भौतिक संरचना नेपाल ट्रष्टको कार्यालय बुझाउनु पर्ने हुन्छ। ठूलो लगानी भएकाले तत्कालै कम्पनीले आम्दानी गरी नाफा कमाउने देखिदैन।

ट्रष्टलाई बुझाउने रकम एक अर्ब ५९ करोड २० लाख ९१ हजार ७ सय १ र भौतिक संरचना निर्माणमा खर्चेको ५० करोड गरी २ अर्ब बढी थामसेर्कुले खर्च गरिसकेको छ। लगानीकर्ताहरू बैंकबाट लिएको ऋणसमेत उकास्न समस्या हुने भन्दै नयाँ योजना बनाउने तयारीमा जुटेको स्रोतको भनाई छ। तर सरकारलाई भने लिज सम्झौताले प्रतिवर्ष राजस्ववापत करिव ४ देखि ५ करोड रूपैयाँ प्राप्त हुने छ।

लिज प्रकृयामाथिको भ्रम र यथार्थ

बोलकबोलमा टेन्डर पारे पनि लिज प्रकृया गलत भएको भनेर बजारमा हल्ला फैलिएको प्रति थामसेर्कु ट्रेकले आपत्ति जनाएको छ। थामसेर्कुले भवन निर्माण गर्न १२ करोड ६७ लाख ६९ हजार ९ सय ४१, सेवा सुविधा र विविधवापत ६ करोड ६१ लाख ९५ हजार ९ सय ८६ र भाडा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रूपैयाँ गरी कुल एक अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ कबोल गरी टेन्डर दर्ता गराएको ट्रष्टको कार्यालयबाट प्राप्त भएको छ। तर नेपाल ट्रष्टको कार्यालयको कमजोरीका कारण कबोल रकमलाई अन्य अर्थ लगाएर प्रतिवर्षका दरले गुणा गरी कुल ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रूपैया बनाएर सम्झौताका गर्न २०७३ फागुन २८ मा थामसेर्कुलाई पत्र काटेको पाइएको छ।

सम्झाैता गर्न ट्रष्टले थामसेर्कुलाई पठाएकाे पत्र

थामसेर्कुले आफूले कबोल गरेको रकम ६ अर्बको नभएको भन्दै सम्झौता नगर्ने भनी २०७३ फागुन २४ गते ट्रष्टको कार्यालयलाई पत्र बुझाएको भेटिएको छ। ट्रष्ट कार्यालयले वास्ताविकता छानबिन गरेपछि थामसेर्कुको कबोल रकम १ अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ रकममै लिज सम्झौता गर्न २०७४ बैसाख ६ गते पत्र काटेपछि काम अघि बढाएको प्रमाण भेटिएको छ। तर गलत प्रचार बढी भएको भन्दै लिज प्राप्त गर्ने कम्पनीले वास्ताविकता बुझ्न समेत सबैलाई विज्ञप्तिमार्फत् आग्रह गरिसकेको छ।

कबाेलभन्दा फरक रकम भएपछि थामसेर्कुले सम्झाैता नगर्ने भनी ट्रष्टलाई दिएकाे जवाफी पत्र

कबाेलअनुसारकै रकममा सम्झाैता गर्न आउनुभनी ट्रष्टले पुन थामसेर्कुलाई पठाएकाे पत्र

एक आना जग्गाको भाडा २५ करोड बुझाउन कति सम्भव

भ्रम सिर्जना गराएर वद्नाम गराउन ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रकमको सम्झौता भनि गलत प्रचार भएको छ। यो रकमप्रति आना करिव २५ करोड हुन आउछ, यो पत्याउन सकिने विषय नभएको थामसेर्कुको तर्क छ। दरबारमार्गमा भाडादर मात्र २५ करोड बुझाएर लिज लिन आउने कोही भए सम्पर्क गर्न समेत भ्रम सिर्जना गराउनेप्रति थामसेर्कुले अनुरोध गरेको छ। ‘आउनुस् हस्तान्तरण गर्न तयार छु’ थामसेर्कु स्रोतले भन्यो। सामान्य विषयलाई सम्भावना भन्दामाथि बनाएर प्रकाशन गर्नु सञ्चार जगतले पनि सोच्नुपर्ने बिषय भएको र जबर्जस्त खबर बनाउनुको पछि केही स्वार्थ भएको हुनसक्ने थामसेर्कुले आरोप छ।

विवादको सुरुआत

महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा वास्ताविक कुरा नबुझी र सम्पूर्ण लिज प्रकृयाका कागजात नहेरी बेरुजु भनी उल्लेख गरेपछि विवाद सुरु भएको थियो। तर नेपाल ट्रष्टको कार्यालयले गल्ति गरी कबोल रकमलाई प्रतिवर्षको दरमा गुणा गरेको थियो। सोही पत्रका आधारमा महालेखाले कच्चा प्रतिवेदन तयारी गरेको आरोप छ। त्यसपछि विवाद सिर्जना भएको थामसेर्कुले जनायो। 

प्रश्नः कुसल व्यवसायी माथिको प्रहार कति जायज?

सरकारलाई पर्यटन क्षेत्रबाट सबैभन्दा धेरै राजस्व बुझाएर पटकपटक पुरस्कृत भइसकेको थामसेर्कु ट्रेकिङ प्रालिमाथि नेपाल ट्रष्टको जग्गा लिज लिएकै विषयमा गलत प्रचार गरी प्रहार गर्नु कति जायज? स्वार्थ भन्दामाथि उठेर बस्ने आम नेपालीले प्रश्न गर्न थालेका छन्। स्वार्थले लिप्त भएर विभिन्न सञ्चार माध्यमलाई प्रयोग गर्दे जथाभावि गलत प्रचार गरी भ्रम फैलाउने काम गरेको भन्दै यसले राज्यलाई फाइदा नपुग्ने थामसेर्कुका प्रतिनिधि दिपेन्द्र बस्नेतले बताए। राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो हिस्सा ओगटेर राष्ट्रको उन्नतिको पक्षमा रहेका व्यवसायीमाथि आफ्नो स्वार्थपूर्ति नहुदाँ जथाभावी भ्रम फैलाउनेप्रति सरकारले कारबाही गर्नुपर्ने बस्नेतको माग छ।

व्यवसायीमाथि राजनीतिक प्रतिशोध

कांग्रेस नेता शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारकै पालामा सम्झौता कार्यान्वयन भएको थियो। सफल व्यवसायीका रूपमा चिनिएका थामसेर्कु ग्रुपलाई पछिल्लो समय कांग्रेस र नेकपाका केही नेताहरूले आक्रमण सुुरु गरेको थामसेर्कुको बुझाई छ। सरकारले उद्योगी व्यवसायीहरूलाई देशको अर्थतन्त्र उकास्न प्रेरित गरिरहेको बेला नेकपाकै स्थायी कमिटीको बैठकमा यो विषयलाई नकरात्मक रूपमा प्रवेश गराउनुलाई गम्भीर रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य