२९ गते स्थायी कमिटीको बैठक बोलाउने लगायतका निर्णय सहित नेकपा सचिवालय बैठक सकियो

 मंसिर २३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी मंसिर २९ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

 यस्तै बैठकले विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आगामी स्थायी कमिटी बैठकमा प्रस्ताव पेश हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । 

यसैगरी उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप भएको छ । रिपोर्ट बुझाउने समय आइतबारसम्मको लागि रहेकोमा सो अवधिमा पूर्ण रिपोर्ट आइनसकेकाले ५ दिन थप गरिएको श्रेष्ठले जानकारी दिए । 

केही जिल्लामा संगठनात्मक समस्या देखिएको भन्दै सोको समाधान गर्न बैठकले केन्द्रीय संगठनको विभागलाई जिम्मेवारी दिने निर्णय पनि गरेकाे प्रवक्ता श्रेष्ठले बताए । यस्तै विभिन्न विभाग तथा आयोगलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न बैठकले सम्बन्धित संयोकजलाई निर्देशन दिएको छ । यसको साथैै  बैठकले कर्णाली प्रदेशका सचिवले दिएको राजीनामा  बैठकले अस्वीकृत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक