December 6, 2019

‘नो मोर माओइस्ट, नो मोर युएमएल, अब सबै नेकपा’

उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्व एमाले वा पूर्व माओवादी भन्ने पक्ष नरहेको बताएका छन् ।

IshworPokhrel

शुक्रबार विराटनगर विमानस्थमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । ‘यहाँ एमाले र माओवादी भन्ने पक्ष रहेन’, पोखरेल भने, ‘अब नो मोर माओइस्ट सेन्टर नो मोर युएमएल, हामी नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टी नेपाल भइसकेका छौं।’

पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले नक्सालाई लिएर भारतसँग भइरहेको विवाद गर्न उच्चस्तरीय पहल भइरहेको समेत बताएका छन् ।कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले कुटनैतिक र राजनैतिक हिसाबबाट उच्चस्तरीय पहल गरिरहेको रक्षामन्त्री पोखरेलेको भनाइ छ।

सीमा विवादलाई लिएर भारत सरकारलाई औपचारिक रुपमा नै पत्र पठाएर सरकारले आफ्नो अडान प्रस्ट पारेको समेत पोखरेलले जानकारी दिए । ‘हाम्रो पोजिसनको बारेमा जानकारी दिएर भारत सरकारलाई औपचारिक रुपमै अनुरोध गरेका छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने