November 29, 2019

सीमा विवाद मिलाउन मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र

नेपाल–भारतको सीमा विवाद समाधानका लागि पहल गर्न आग्रह गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीले शुक्रबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित प्रदेशअन्तर्गत पर्ने विभिन्न क्षेत्रको सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

अनेरास्ववियु रुपन्देहीका नेता लेखनाथ खनाल र रुपेश पौडेलद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्रमा प्रदेशअन्तर्गत पर्ने बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्र, बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध, दाङको कोइलाबास, कपिलवस्तुका कृष्णनगर, ठण्डा नदी, रुपन्देहीको दानव नदी (रसियावाल खुर्दलोटन बाँध), सुनौली नाका, नवलपरासीको सुस्ता नर्साही, वाल्मीकि आश्रम, दारानाला–दारीचुरे सीमा क्षेत्रमा विवाद रहेकाले अविलम्ब समाधान गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ भित्रका जिल्लामा रहेको सीमा विवादका बारेमा अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाएकाले छिट्टै समाधानका लागि पहल हुने बताएका छन्। उनले प्रमाणका आधारमा सरकारले कूटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक