काठमाडौं, ३० कात्तिक । नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै सञ्चार भू-उपग्रह (स्याटलाइट) पठाउने तयारी गरिरहेको छ ।
तर अन्तरिक्षमा भू-उपग्रह राख्ने स्थानलाई लिएर नेपाल र लाओसबीच विवाद सुरु भएको छ । नेपालले राख्न लागेको भू-उपग्रहले आफूलाई असर गर्ने भन्दै लाओसले विरोध गरेको हो ।
लाओसले अन्तर्राष्ट्रिय टेलिकम युनियन (आईटीयू) मा समेत यसबारे पत्र पठाइसकेको छ । आईटीयूले नेपाललाई आफ्नै भू-उपग्रह राख्न १२३.३ पूर्वी देशान्तरको स्टल दिएको छ । नेपालले उक्त स्टल आईटीयुसँग किनेको हो ।
नेपालले आईटीयूले उपलब्ध गराएको स्थानमा आफ्नो भू-उपग्रह राख्ने योजनासहितको निवेदन दिएपछि लाओसले आपत्ति जनाएको हो । नेपाली भू-उपग्रहबाट आफूले राख्न लागेको भू-उपग्रहमाथि असर पर्ने लाओसको दाबी छ ।
आईटीयूले नेपाललाई सन् १९८४ मै दुई स्थानमा भू-उपग्रह राख्ने स्लट उपलब्ध गराएको थियो । नेपालले १२३.३ पूर्वी देशान्तरबाहेक ५० पूर्वी देशान्तरमा पनि भू-उपग्रह राख्न स्लट पाएको छ । सरकारले यसमध्ये १२३.३ पूर्वी देशान्तरमा भू-उपग्रह राख्ने तयारी गरेको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र