काठमाडौं, ३० कात्तिक । नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै सञ्चार भू-उपग्रह (स्याटलाइट) पठाउने तयारी गरिरहेको छ ।
तर अन्तरिक्षमा भू-उपग्रह राख्ने स्थानलाई लिएर नेपाल र लाओसबीच विवाद सुरु भएको छ । नेपालले राख्न लागेको भू-उपग्रहले आफूलाई असर गर्ने भन्दै लाओसले विरोध गरेको हो ।
लाओसले अन्तर्राष्ट्रिय टेलिकम युनियन (आईटीयू) मा समेत यसबारे पत्र पठाइसकेको छ । आईटीयूले नेपाललाई आफ्नै भू-उपग्रह राख्न १२३.३ पूर्वी देशान्तरको स्टल दिएको छ । नेपालले उक्त स्टल आईटीयुसँग किनेको हो ।
नेपालले आईटीयूले उपलब्ध गराएको स्थानमा आफ्नो भू-उपग्रह राख्ने योजनासहितको निवेदन दिएपछि लाओसले आपत्ति जनाएको हो । नेपाली भू-उपग्रहबाट आफूले राख्न लागेको भू-उपग्रहमाथि असर पर्ने लाओसको दाबी छ ।
आईटीयूले नेपाललाई सन् १९८४ मै दुई स्थानमा भू-उपग्रह राख्ने स्लट उपलब्ध गराएको थियो । नेपालले १२३.३ पूर्वी देशान्तरबाहेक ५० पूर्वी देशान्तरमा पनि भू-उपग्रह राख्न स्लट पाएको छ । सरकारले यसमध्ये १२३.३ पूर्वी देशान्तरमा भू-उपग्रह राख्ने तयारी गरेको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक