November 9, 2019

यसरी गर्दैछन प्र. म. ओलीले मन्त्रिपरिषदको हेरफेर ! पाण्डेलाई अर्थ र बस्नेत भौतिक यातायात बनाउँन ओली र प्रचण्ड सहमत

surendra_pandey images (2)

कार्तिक २३, आकस्मिक प्रदेश प्रमुख फेरबदल गरेलगतै नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद फेरबदलको तयारीमा जुटेका छन् । लामो समयदेखि मन्त्री हेरफेर कसरत चलेपनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन सकेको थिएन । तर पछिल्लो समय मन्त्री फेरबदलका लागि दुई अध्यक्षबीच सहमति जुटेको स्रोतले बताएको छ ।  अध्यक्ष उप निर्वाचनभन्दा पहिले नै मन्त्रीपरिषद हेरफेरको तयारीमा जुटेको स्रोतले बताएको छ ।

दुई बर्ष मन्त्री भइसकेका अधिकाँस मन्त्रीहरुलाई बिदा गर्ने र नयाँ अनुहारलाई मन्त्री परिषदमा ल्याउने तयारी दुई अध्यक्षले गरेका छन् । ‘वर्तमान पाँच  मन्त्रीलाई मात्र निरन्तरता दिने अन्यका ठाउँमा नयाँ मन्त्री ल्याउने तयारी भइरहेको छ’ प्रचण्ड निकट एक नेकपा नेताले भने ‘दुई अध्यक्षले नयाँ बन्न मन्त्रीको नाम मोटामोटी टुंग्याइ सक्नुभएको छ ।

चितवनको राजनीति जोडिएका कारण नेपाल खेमाका सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने गरी प्रचण्डले कसरत थालेका छन् । नेपाल खेमालाई समेट्नभन्दा चितवनको आफ्नो राजनीति जोगाउन प्रचण्डले कसरत थालेको नेपाल निकट एक नेताले बताए । सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन ओली प्रचण्ड सहमत भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले केही समयअघि नै मन्त्रीपरिषद हेरफेरको तयारी गरेका थिए । अध्यक्ष दाहालको सहमतिमा मन्त्रीपरिषद हेरफेरको तयारी गरेपनि राष्ट्रपति बिद्यादेवी भण्डारीको म्यानमार भ्रमणले रोकिएको थियो । पछिल्लो समय केही नेताहरुले उपनिर्वाचनभन्दा अगाडी मन्त्रीपरिषद हेरफेर नगर्न दुई अध्यक्षलाई सुझाव पनि दिएका छन्

नयाँ मन्त्रीपरिषद बिस्तारपछि नेकपाको समिकरणमै प्रभाव पर्ने लगभग निश्चित छ । समिकरणमा फेरबदल नहुनेगरी नयाँ मन्त्री ल्याउने कसरत दुई अध्यक्षले थालेका छन् । निरन्तर पुरानै मन्त्री पदमा रहने  पाँच भाग्यमानी   मन्त्रीहरुमा  गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन , परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संचारमन्त्री गोकुल बास्कोटार र संस्कृति पर्यटन मन्त्री योगेश भट्टराई  रहने सम्भावना छ भने अन्यमन्त्रीहरु फेरबदल हुने भएका छन् ।

दुई अध्यक्षले मन्त्रीपरिषद हेरफेर गर्न थालेपछि मन्त्री बन्नेहरुले दौड बढाएका छन् भने बहालवाला मन्त्रीहरुले पनि कसरत थालेका छन् । नयाँ मन्त्रीमा उपप्रधानसहित कानुन  सुवास नेम्वाङ, पार्टी महासचिव बिष्णु पौडेल रक्षा, महेश बस्नेत भौतिक यातायात  मन्त्री बन्ने पक्का छ भने पूर्वमाओवादी खेमाबाट जनार्दन शर्मा उधोग बाणिज्य ,देवेन्द्र पौडेल कृषि मन्त्री बन्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक