बनेपा । बनेपा नगरपालिकाले जापानी प्रविधिबाट धुवाँरहित मेशिनमार्फत फोहरमैला व्यवस्थापन गर्ने भएको छ । यसका लागि कार्यालयले जापानी प्रविधिको ‘हिटा’ नामक कम्पनीको धुवाँरहित चिम्नी (एफ वान मोडल) ल्याइसकेको छ ।
कार्यालयले फोहर जलाउने मेशिन वडा नं ९ स्थित कृषि फार्ममा राख्ने जनाएको छ । “बनेपाको प्रमुख चुनौती बन्दै आएको फोहर व्यवस्थापन मेशिन सञ्चालनपछि हल हुनेछ तर उक्त मेशिनबाट मानव स्वास्थ्यमा असर परे वैकल्पिक स्थानमा राख्नेछौँ”, नगर उपप्रमुख रेखा दाहालले भनिन् ।
उनका अनुसार चिम्नीका विषयमा सरोकारवालालाई जानकारीसमेत गराइएको छ । बनेपा नपामा उपप्रमुखको नेतृत्वमा फोहरमैला व्यवस्थापन समिति गठन गरिएको छ । करीब एक वर्षदेखि बनेपा नगर क्षेत्रको फोहर सिस्डोल पुर्याइँदै आइएको छ । यसअघि नियमित फोहर विसर्जनस्थलमा स्थानीयले विरोध गरेपछि नगरपालिका कार्यालयले नयाँ प्रविधिको खोजी गरेको नगरप्रमुख लक्ष्मी नरसिंह वादेले बताए ।
उनले भने, “यहाँको फोहर सिस्डोल पुर्याउन निकै खर्च व्यहोरिरहेका छौँ, अब नयाँ मेशिन राखेपछि वातावरणलाई पनि असर नपुग्ने र खर्चमा पनि कटौती हुनेछ ।” उनका अनुसार फोहर व्यवस्थापनकै लागि नगरको १२ र १४ नं वडाको सिमानामा १४ रोपनी जमीन खरीद गरेको र थप लिने तयारी भइरहेको छ ।
मेशिनमा फलाम र सिसाका टुक्राबाहेक सबै किसिमका फोहर जलाउन सकिने हिटा ग्रुप नेपालका प्रमुख ग्याल्पो लामाले बताए । ‘‘प्रदूषण, धुँवा र ध्वनीरहीत तरिकाले फोहोरलाई जलाउन सकिन्छ’’, उनले भने । उनका अनुसार मेशिनले प्रतिघण्टा ३० देखि ४० किलोसम्म फोहोर जलान सक्छ । बनेपा नगरबाट प्रतिदिन सातदेखि आठ टनसम्म फोहोर निस्कने गर्दछ ।
हाल ल्याइएको उक्त मेशिनले नगरको फोहर जलाउन नभ्याउने देखिए ठूलो क्षमताको मेशिन ल्याइने नगरप्रमुख वादेले बताए । “अबको केही दिनमै मेशिन परीक्षण गरी नियमित फोहर जलाउन शुरु गर्नेछौँ”, उनले भने । मेशिन सञ्चालन गर्न डिजेल, विद्युत् र पानी एकैसाथ प्रयोग गर्नुपर्ने हुन्छ भने विद्युत् नभएका बेला मेशिनकै ब्याकअपबाट सञ्चालन गर्न सकिनेछ । मेशिनमा जलेको फोहरको खरानीबाट ब्लक तथा टायर निर्माण र तरकारी खेतीका लागि प्रयोग गर्न सकिने लामाले बताए । रासस
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा