काठमाडौँ, ६ कार्तिक । मौसम पूर्वानुमान महाशाखाले देशको उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाएको छन् ।
पश्चिमी वायुको प्रभावले देशका धेरैजसो भूभागमा मौसम बदली भइरहेको जनाएको छ । यस्तै, मध्य र पूर्वी पहाडी भूभागका केही ठाउँमा फाट्फुट्ट पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । अन्य ठाउँको मौसम भने आशिंकदेखि सामान्य बद्ली हुने सम्भावना छ । अबको केही दिन देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।