आज नवरात्रको अन्तिम दिन महानवमी: यसरी गरिन्छ पूजा विधि सम्पन्न

काठमाडौं : वडादशैंको नवौं र नवरात्रको अन्तिम दिन सोमबार महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ।

नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। नामैले प्रष्ट हुन्छ, सिद्धि प्रदान गर्ने देवी। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।

महानवमीमा अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ। नवमीमा पनि शक्तिपीठ तथा दशैंघरहरूमा पशुबलि दिने परम्परा छ। शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन्। महानवमीका दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ।

नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ। महाकालीको आराधनाले शक्ति प्राप्ति हुने विश्वास गरिन्छ। समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ। विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गरिन्छ।

नवरात्रका समयमा देवीको उपासना गर्ने अनेक विधि छन्, घटस्थापना गरेर विभिन्न देवीको आराधना गर्ने, देवीभागवत, देवीपुराण र दुर्गा सप्तशतीलगायत ग्रन्थ पाठ गर्ने र शक्तिपीठहरूको दर्शन गर्ने।

वर्षमा चार पटक नवरात्र पर्ने पुराणमा उल्लेख छ। शरद ऋतु (असोज) र वसन्त ऋतु (चैत) मा पर्ने नवरात्र विशेष मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि