काठमाडौं, १९ असोज । दसैंमा तरकारीको मूल्य ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन । विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा कमी आएसँगै तरकारीको मूल्य आकाशिएको हो ।
अष्टमीको दिन काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् । दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दसैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको उपभोक्ताको भनाइ छ ।
कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पुर्याएका छन् । त्यसैगरी अदुवाको मूल्य प्रतिकेजी २४० रुपैयाँ पुगेको छ ।
कालीमाटी होलसेल बजारमा खुर्सानी प्रतिकेजी ३८० रुपैयाँमा बिक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा बिक्री गरिएको छ ।
सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने वस्तुको मूल्य ह्वात्तै बढाइएको हो । वस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा निकै मारमा परेको आम उपभोक्ताको गुनासो छ ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल