दसैंमा तरकारीको मूल्य आकाशियो, उपभोक्ता मारमा

vegetable-e1510490439543काठमाडौं, १९ असोज । दसैंमा तरकारीको मूल्य ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन । विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा कमी आएसँगै तरकारीको मूल्य आकाशिएको हो ।

अष्टमीको दिन काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् । दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दसैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको उपभोक्ताको भनाइ छ ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पुर्‍याएका छन् । त्यसैगरी अदुवाको मूल्य प्रतिकेजी २४० रुपैयाँ पुगेको छ ।

कालीमाटी होलसेल बजारमा खुर्सानी प्रतिकेजी ३८० रुपैयाँमा बिक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा बिक्री गरिएको छ ।

सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने वस्तुको मूल्य ह्वात्तै बढाइएको हो । वस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा निकै मारमा परेको आम उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण