October 4, 2019

सभामुखका लागि नेकपाका २ विकल्प

सभामुखको राजीनामाले औपचारिकता पाएसँगै अबको नयाँ सभामुख को बन्ने भन्ने विषय चर्चामा छ। संसदमा नेकपाको बहुमत छ। अब सभामुखका जो उम्मेदवार भए पनि नेकपाका उम्मेदवारले जित्ने निश्चित छ। तर, अहिलेकै परिस्थितिमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन पाइँदैन। अहिलेकी उपसभामुख तुम्बाहाम्फे नेकपाकी हुन् त्यसैले अब सभामुख पनि नेकपाको हुन संविधानले रोक्छ। हुन त महरा पनि नेकपाकै हुन् तर निर्वाचित हुने बेला महरा तत्कालीन माओवादी र तुम्बाहाम्फे तत्कालीन एमालेबाट निर्वाचित सांसद भएकोले संवैधानिक प्रक्रिया पूरा भएको थियो। अब त्यो परिस्थिति छैन।

संसदमा कहिलेकाहीँ कुनै विधेयकहरु रुलिङ गरेरै पास गराउनुपर्ने हुन्छ। यसका लागि नेकपाले सभामुख पद आफैंसँग राख्न चाहन्छ। नेकपामा सभामुख पदका बलिया दावेदारको रुपमा सुवास नेम्वाङलाई लिइएको छ। नेकपा संसदीय दलका उपनेता नेम्वाङ यसबाहेक अन्य कुनै जिम्मेवारीमा छैनन्। नेकपाले उनलाई व्यवस्थापन गर्नुपर्ने परिस्थिति पनि भएकोले सम्भवतः उनै सभामुखको मुख्य दावेदार हुन सक्छन्। तर, संवैधानिक व्यवस्थाअनुसार अहिलेको परिस्थितिमा त्यो सम्भव छैन।

सभामुखमा उम्मेदवारी दिन संविधानले रोकेको स्थितिमा सभामुख पद आफैंसँग राख्न नेकपाले उपसभामुख पद अर्को सत्ता साझेदार दललाई दिएर संवैधानिक प्रक्रिया पूरा गरी सभामुख आफैसंँग राख्ने बाटो रोज्नेछ। यस्तो परिस्थितिमा सम्भवतः नेकपाले उपसभामुख पद सत्ता साझेदार समाजवादी पार्टीलाई दिन सक्छ।

नेकपाले उपसभामुख पद समाजवादीलाई वा अरु कसैलाई दिने परिस्थितिमा उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन भनिने सम्भावना बलियो छ। तुम्बाहाम्फेलाई कुनै मन्त्रालयमा मन्त्री बनाउने गरी राजीनामा गर्न लगाएर सभामुख र उपसभामुख दुवै पद रिक्त गराइ दुवै पदमा निर्वाचन गराइनेछ।

नेकपासँग योबाहेक अर्को विकल्प पनि छ- अहिलेकी उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउने। नेकपाले सभामुख पद कुनै हालतमा नछाड्ने देखिएकोले उपसभामुखलाई नै बढुवा गर्ने विकल्प रोज्ने सम्भावित दोस्रो विकल्प देखिएको हो। तर, यो विकल्पमा जाँदा पनि उपसभामुखले राजीनामा दिनैपर्ने हुन्छ। उपसभामुख पदमा बहाल रहेकी तुम्बाहाम्फेले सभामुखसमेत बनेर दुवै पद सम्हाल्न मिल्दैन त्यसैले उनी उपसभामुखबाट राजीनामा दिएरै सभामुखको निर्वाचनमा जानेछिन्। यस्तो परिस्थिति बनेमा नेकपाले उपसभामुखमा सम्भवतः सत्ता साझेदार समाजवादीकै उम्मेदवारलाई समर्थन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक