आज दिनभर पानी पर्ने, पहाडमा जोखिम

mahottari_QvJFNMxZCK

 

असोज ८, काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल आगामी २४ घण्टा देशका केही  स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा भने वर्षाका कारण पहिरो जान सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु विभागले अनुरोध समेत गरेको छ ।  

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ।

आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति देशभर सामान्य बदली रहनेछ। मध्य तथा पूर्वका केही साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ९ गते  

दिउँसोः देशभरी सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रहनेछ।  देशका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

असोज १० गते  

दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केहीस्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पुर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रहनेछ। पूर्वका थोरै साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौम विज्ञान विभागले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक