September 12, 2019

मलेसिया रोजगारी आजैबाट खुला

भदौ २६, काठमाडौं–लामो अन्योलतापछि मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो । बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । यो सँगै नेपाली कामदार  कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् ।

कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । 

दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव  राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए । उनी अहिले सोही सहमतिकै लागि मलेसियामा छन् । 

मलेसियाली अधिकारीसँग भएको छलफलबाट विगतमा भएका सबै समझदारी कार्यान्वयन गर्ने गरी सहमति गरिएको घिमिरेले जानकारी गराए । उनका अनुसार मलेसिया रोजगार आजैबाट खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल भएका सबै संस्थाले पाउँनेछन् । अहिले बायो मेडिकल ३६ वटा सँस्थामा छन् ।  यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्नेछ । आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिने दाहालले बताए । 

अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ  र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ । 

‘मलेसियामा सुरक्षा गार्डलाई अर्कै व्यवस्था गर्ने कि भन्ने थियो तर पुरानै व्यवस्था अनुसार सेक्युरिटी गार्डका लागि जान पाउने गरिएको छ । अहिले घरेलु कामदार भने जान पाउँने छैनन’, दाहालले भने । 
नेपाल सरकारले घरेलु कामदार पठाउँदा सम्बन्धित देशमा घरेलु कामदारसम्बन्धी छुट्टै कानुन हुनुपर्ने भनेकाले मलेसियामा सोको लागि कानुन बन्ने प्रक्रियामा रहेको भन्दै हाललाई नेपालबाट घरेलु कामदार जान नपाउँने व्यवस्था गरिएको दाहालले उल्लेख गरे । 

मलेसिया जाने कामदार माथि ठगी भएको भन्दै नेपाल सरकारले २०७५ जेठ १२ गते श्रम मन्त्रालयले मलेसिया श्रम स्विकृतिमा रोक लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले