August 29, 2019

भिडियो कन्फरेन्स गलत भन्दै राधेश्यामले दिए तीन कारण

Image result for भिडियो कन्फरेन्स गलत भन्दै राधेश्याम

 

काठमाडौं । राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी ओलीले सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत् मन्त्रीपरिषद् बैठक गर्नु गलत भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभामा बुधबार उनले भिडियो कन्फरेन्स के कारणले गलत हो भन्दै तीन कारण प्रस्तुत गरेका छन् । 

प्रधानमन्त्री  ओलीको स्वास्थ्यलाभको कामना गर्दै सांसद अधिकारीले भिडियो कन्फरेन्स तीन कारणले आपत्तिजनक रहेको बताए । प्रधानमन्त्री केपी ओलीले केही दिनअघि सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद् बैठक राखेका थिए । सोबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो । 

राधेश्यामले दिएका यी हुन् तीन कारण  
हालसालै भिडियो कन्फरेन्समार्फत् मन्त्रीपरिषद्को बैठक बसेको छ । भिडियो कन्फरेन्समार्फत् बैठक सञ्चालन गर्नु तीन कारणले आपत्तिजनक छ । 

पहिलो, प्रधानमन्त्रीज्यू उपचारको लागि जानुअघि उपप्रधानमन्त्रीलाई कार्यवाहक दिएर जानु भएको हो । कार्यवाहक दिएर गएको सूचना यसै सदनमा राष्ट्रपतिको सन्देशमार्फत् हाम्रो जानकारीमा पनि आएको हो । कार्यवाहक प्रधानमन्त्री छँदाछँदै आफूले मन्त्रिपरिषद्को बैठक सञ्चालन गरिसकेपछि कार्यवाहक प्रधानमन्त्री कार्यवाहक रहनुहुन्न । आज यो मुलुकमा कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ की हुनुहुन्न ? भन्ने कुरामा अभर पर्ने भयो । 

दोस्रो, औपचारिक रुपमा विदेशमा बसेर मन्त्रिपरिषद्को बैठक बस्न सक्छ कि सक्दैन ? 

तेस्रो, र सबैभन्दा महत्वको विषय भनेको मन्त्रिपरिषद्को गोपनीयता सम्बन्धि सवाल हो । इन्टरनेटको माध्यमबाट गरिने यस्तो कार्यमा गोपनीयता धरापमा पर्दछ भन्ने कुरा जान्न आइटीकै विद्यार्थी भइरहनुपर्दैन । यसमा कानुनको ठूलो त्रुटी भएको छ । आउँदा दिनमा सरकारबाट यसपटक भएको गल्ती नदोहोरिने प्रतिवद्धता आओस् भन्ने हामी चाहन्छौं । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक