August 2, 2019

यी कुरामा ध्यान दिएर सामाजिक सञ्जाल चलाए सुरक्षित

  सामाजिक सञ्जाल चलाउँदा यी कुरामा ध्यान दिनुस्

श्रावण १७,काठमाडौं । प्रहरी प्रधान कार्यालयले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा सचेत रहन आग्रह गरेको छ । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना समेत हुँदै आएपछि प्रहरी प्रधान कार्यालयले आवश्यक जानकारीसहित विभिन्न कार्यक्रम गर्न लागेको हो । 

नेपालमा पछिल्लो समय समाजिक सञ्जाल के–कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर क्राइमका घटनासँगै मुद्दा समेत दर्ता हुने क्रम बढ्दो छ । प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताले यी कुरामा ध्यान दिन सुझाव दिएको छ 

–समाजिक सञ्जालमा प्रयोग गर्ने एकाउन्टहरुको पासवर्डमा अङ्क, अक्षर र संकेत शब्दहरु समेत मिलाएर प्रयोग गरौं । जस्तै iambikash95 को बदलामा iamb!k@sh_95प्रयोग गरेमा एकाउन्ट थप सुरक्षित हुन्छ ।

–आफ्नो पासवर्ड कोही कसैसँग सेयर नगरौं ।

–आफूले नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट सकेसम्म स्वीकार नगरौं ।

–अपरिचित व्याक्तिले पठाएको म्यासेजमा कुनै लिंक छ भने त्यसमा क्लिक नगरौं र सो म्यासेजलाई मार्क एज स्पाम गरौं ।

–आफ्नो व्यक्तिगत विवरण जस्तै बैंक खाता नम्बर, फोन नम्बर, राहदानी,नागरिकता, मतदाता परिचयपत्र नम्बर वा सोको फोटोहरु सेयर नगरौं ।

–आफ्नो तस्बिर वा भिडियोहरु शेयर गर्दा आफूले चाहेको साथी वा व्यक्तिले मात्र हेर्न, कमेन्ट गर्न मिल्ने गरी सेयर गरौं । यसका लागि आफ्नो सामाजिक सञ्जालको प्राइभेसी सेटिङ मिलाऔं ।

–इन्टरनेटमा देखिएका सबै सत्य र असल नहुन पनि सक्छ । च्याट,कमेन्ट,म्यासेजको आधारमा मात्र सबैसँग नजिक हुने वा भेट्न जानु जोखिमपूर्ण पनि हुन सक्छ ।

–आफूले प्रयोग गर्ने मोबाइल, कम्प्युटर बाहेक जुन पायो त्यही उपकरणबाट ईमेल वा सामाजिक सञ्जाल लग इन नगरौं । यदि अत्यावश्यक परेर लग इन गर्नु परेमा लग इन पश्चात् लग आउट गरौं ।

–सामाजिक सञ्जाल हामीलाई एक आपसमा जोड्नको लागि हो । कुनै पनि जाति,धर्म,वर्ण, लिङ्ग वा सम्प्रदायप्रति लक्षित तस्विर, भिडियो लिङ्क, ट्यागहरु क्लिक गरेर, प्रतिक्रिया दिएर, सेयर गरेर यसको गलत प्रयोग नगरौं । यस किसिमका सामग्रीलाई तत्काल रिपोर्ट गरौं ।

–च्याट, कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरौं ।

–आफ्ना साथी वा प्रेमी प्रमीकाहरुसँग आफ्नो व्यक्तिगत गोप्य तस्विरहरु आदानप्रदान नगरौं । कुनै पनि सम्बन्धको निश्चित सिमाना कायम राखौं ।

–कसैले नराम्रो असभ्य वा अश्लिल फोटो,भिडियो,म्यासेज पठाएमा आफ्नो अभिभावकलाई खबर गरौं । प्रहरीकहाँ कसरी खबर गर्ने आफू पनि सिकौं र साथीहरुलाई पनि भनौं ।

–विद्युतीय वा साइवर अपराधको प्रमाण सजिलै नष्ट गर्न सकिने भएकोले प्रहरीमा रिपोर्ट गर्दा त्यस्ता सामग्रीको स्क्रिन सट र त्यस्ता व्यक्तिको प्रोफाइलको लिङ्क समेत संलग्न गरेर उजुरी दिनुपर्छ ।
–अकाउन्ट सुरक्षाको दृष्टिकोणले Two Factor Authentication को प्रयोग गरौं । जस्तै एकाउन्ट लगइन गर्दा पहिला तपाईको फोनमा म्यासेज आउने र सो कोड प्रयोग गरेर मात्र ईमेल वा सामाजिक सञ्जाल लग इन गर्न सकिने ।

–ईमेल वा सामाजिक सञ्जालको कुनै पनि खाताको रिकभरी अप्सन मा आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर पनि प्रयोग गर्नुहोस् । यदि आफूले प्रयोग गरिरहेको र सो खाताको रिकभरी अप्सनमा रहेको मोबाइल नम्बर कुनै कारणवश परिवर्तन गर्नुपरेमा, हराएमा सामाजिक सञ्जालमा प्रयोग भएको सो मोबाइल नम्बर पनि परिवर्तन गर्न नभुलौं ।

–यदि कुनै ईमेल खाता प्रयोग गरेर फेसबुक, ट्विटर, ईन्स्टाग्राम,स्न्याप च्याट आदि खोल्नु भएको छ भने सबै (सोसियल मिडिया÷ईमेल) एकाउन्टमा एउटै पासवर्ड प्रयोग नगरौं । ईमेल पनि समय समयमा चेक गरौं ।

–बाबु, आमा,अभिभावकहरु आफ्नो सन्तानको सामाजिक सञ्जालमा साथी बनेर जोडिनुहोस् ताकि उनीहरुको क्रियाकलापको जानकारी होस् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग