रौतहट– जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो ।
२० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि असई साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख (डिएसपी) कवित कट्वालले जानकारी दिए ।
बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत असई साहलाई असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको कटवालले जानकारी दिए ।
पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने