July 10, 2019

मानिस चन्द्रमामा पहिलो पटक अवतरण गरेको कथा

यो वर्ष मानिसले चन्द्रमामा पाइला राखेको ५० वर्ष पूरा हुँदैछ। २० जुलाई १९६९ मा अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ चन्द्रमामा पाइला राख्ने पहिलो मानिस बनेका थिए।

नील, नासाका सबैभन्दा सक्षम अन्तरिक्ष यात्रीमध्ये एक थिए। २० जुलाईमा जब उनको अन्तरिक्ष यान चन्द्रमाको सतहतर्फ अगाडि बढ्दै थियो, तब यो मिसनसँग सम्बन्धित हजारौंको मुटुको चाल तीव्र भएको थियो।

यो मिशनमा सफल नीलको खुबी र अवस्था सम्हाल्न सक्ने क्षमतामा निर्भर थियो। नीलको यान अगाडि चन्द्रमा थियो। अलार्म बजिरहेका थियो भने इन्धन पनि प्रयाप्त थिएन। तर नीलले सजिलैसँग आफ्नो अन्तरिक्ष यानलाई चन्द्रमामा अवतरण गराएका थिए।

यो मानव जातिकालागि ठूलो सफलता थियो। तर पछि नीलले जतिपनि अन्तर्वाता दिए, उनले यसलाई सामान्य तनावपूर्ण यात्रा भने। त्यसबाहेक उनले सधैं अपोलो ११ मिशनको सफलताको श्रेय ती हजारौं मानिसलाई दिए, यो सो मिशनसँग जोडिएका थिए।

नासाको अनुमान अनुसार अपोलो मिशनसँग करिव ४ लाख मानिस जोडिएका थिए। यसमा चन्द्रमामा जाने अन्तरिक्ष यात्रीदेखि मिशन कन्ट्रोल, ठेकेदार, इन्जिनीयर, वैज्ञानिक, नर्स, डाक्टर गणितज्ञ र प्रोगामरसम्म थिए।

चन्द्रमामा अवचरण गर्ने लुनर ल्याण्डर दुई जनालाई लिएर गएका थिए। नील आर्मस्ट्रङ बाहेक बज एल्ड्रिन पनि चन्द्रमामा पछि अवतरण गरेका थिए। उता नाशाको मुख्यालयमा मिशन कन्ट्रोलरले भरिएको एक हल थियो।

मिशनका क्रममा २०–३० जनाको कोर टीम प्रत्येक समय सक्रिय रहन्थे। त्यस बाहेक नासाका ह्यूस्टनस्थित मुख्यालयमा बोस्टनका म्यासाचुसेट्यूट इन्स्टीट्यूट अफ टेक्नोलोजीका सल्लाहकारको पूरै टीम मिशन कन्ट्रोलर्सलाई सल्लाह दिन उपस्थित हुन्थे।

नासाका मिशन कन्ट्रोलरले पूरै विश्वमा रहेका ग्राउण्ड स्टेशनसँग पनि सम्पर्क गर्नुपथ्र्यो। त्यस बाहेक लुनर ल्याण्डर बनाउने कम्पनी ग्रमन कर्पोरेशन र उसका सबै ठेकेदार पनि अपोलो ११ मिशनसँग जोडिएका थिए।

यी सबै विशेषज्ञ बाहेक जो सहयोगी स्टाफ थिए, त्यसमा मेनेजरदेखि कफी बेच्नेसम्म सहभागी थिए। यो काममा हजारौं मासिन जोडिएका थिए। यस्तोमा अपोलो ११ मिशनसँग चार लाख मानिस जोडिनु पनि सामान्य कुरा थियो।

अर्थात् यी चार लाख मानिस मिलेर केवल एक व्यक्तिको गतिविधिलाई संचालन गरिरहेका थिए, जसको नाम थियो नील आर्मस्ट्रङ।
नील आर्मस्ट्रङलाई चन्द्रमामा अवतरण गर्नकालागि विशेष रुपमा चुनिएको थिएन। वास्तवमा उनी यस्तो मिशनमा जानकालागि चुनिएको थियो, जो दोस्रो टीममा हिस्सा थिए।

यदि अपोलो ११ चन्द्रमामा अवतरण गर्न असफल हुन्थ्यो भने अपोलो १२ का कमाण्डर पीट कोनराड चन्द्रमामा कदम राख्ने पहिलो मानिस हुन्थे। अपोलो मिशनका सबै अन्तरिक्ष यात्री उमेर, धर्म र क्षमताका हिसावले  एक जस्तै थिए।

अपोलो म्युजियमका संरक्षक टीजेल म्यूर–हार्मोी भन्छन्–यी यात्री कस्ता थिए भन्ने कुरा आज स्मरण गर्न जरुरी छ। अपोलो मिशनका सबै अन्तरिक्ष यात्रस् १९३० मा जन्मिएका थिए। उनीहरु सबैले मिलिटरी तालिम लिएका थिए। उनीहरु सबै पाइलट थिए र सबै गोरा इसाई थिए।’

३८ वर्षका नील आर्मस्ट्रङ, टम स्ट्याफोर्ड र जिनी सर्नन समान उमेरका थिए। र सबैभन्दा युवा अन्तरिक्ष यात्री थिए। ३६ वर्षको उमेरमा चन्द्रमामा जाने चार्ली ड्युक सबैभन्दा युवा अन्तरिक्ष यात्री थिए।

उता १९७१ मा अपोलो १४ मिशनमा सहभागी भएर चन्द्रमामा जाने एलन शेपर्ड सबैभन्दा धेरै उमेरमा अन्तरक्षि यात्री थिए। उनी ४७ वर्षका थिए। 
जोन ग्लेन पृथ्वीको कक्षमा चक्कर लगाउने पहिलो अमेरिकी अन्तरिक्ष यात्री थिए। उनी ७७ वर्षको उमेरमा स्पेस शटल डिस्कभरीबाट १९९८ मा अन्तरिक्षमा जाने सबैभन्दा वृद्धि व्यक्ति थिए।

अपोलोका कुल ११ मिशनमा ३३ एस्ट्रोनट अन्तरिक्षमा गएका थिए। ती मध्ये २७ जना चन्द्रमासम्म पुग्न सके। २४ जनाले चन्द्रमालाई परिक्रमा गरे। तर, मात्र १२ अन्तरिक्ष यात्रीलाई मात्र चन्द्रमाको सहतमा कदम राख्ने अवसर मिल्यो। यी १२ जना मानवका प्रतिनिधिमा रुपमा चन्द्रमामा गएका थिए। 

नील आर्मस्ट्रङ जब चन्द्रमामा कदम राख्छन्, तब के प्रतिक्रिया दिन्छन् भन्ने कसैलाई पनि थाहा थिएन। तर राम्रा राम्रा लेखकले पनि त्यही लेख्थे जो नील आर्मस्ट्रङले भनेका थिए–यो मानिसको एक सानो कदम हो र मानवताको लामो छलाङ।’

तर जब तपाइँ चन्द्रमामा अवतरण गर्ने दोस्रो मानिस बन्नु भयो भने के भन्नुहुन्छ?  बज एल्ड्रिनले भनेका थिए–शानदार निर्जन।’
चन्द्रमामा कदम राख्ने तेस्रा व्यक्ति पीट कोनराडले भनेका थिए–गज्जज! नील आर्मस्ट्रङका लागि सानो कदम भएपनि मेरालागि निकै लामो छलाङ हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको