भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँ दिल्ली प्रस्थान गर्दै छन्।
शपथ ग्रहणको भोलिपल्ट अर्थात् शुक्रबार हैदरावाद हाउसमा मोदी र ओलीबीच भेट हुने भएको हो। स्रोतका अनुसार उक्त भेटवार्ता बिहानको नास्ता खाने गरी करिब आधा घण्टाको हुनेछ।
‘यो पटक प्रधानमन्त्रीको भ्रमण टोली सानो छ। शपथ समारोहमा सहभागिता जनाएपछि दुवै देशका प्रधानमन्त्रीबीच शुक्रबार द्वीपक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ,’ परराष्ट्र सल्लाहकार भट्टराईले भने।
भारतीय प्रधानमन्त्रीलाई औपचारिक बधाई दिने र दुई मुलुकबीचको सम्बन्ध र दुई पक्षीय विषयमा सामान्य छलफल हुने बताइएकाे छ।
भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिने सम्भावना रहेकाे परराष्ट्र स्राेतले जनाएकाे छ। प्रधानमन्त्री ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।
पछिल्लोपटक प्रधानमन्त्री बनेयता ओलीको यो दोस्रो भारत भ्रमण हो। दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओलीले २०७४ चैत अन्तिम साता भारतको औपचारिक भ्रमण गरेका थिए। मोदीले भने अघिल्लो कार्यकालमा चारपटक नेपालको भ्रमण गरेका थिए।
मोदीको शपथ ग्रहणमा ओलीको सहभागिताले दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सघाउने दुवै मुलुकका सरकारी उच्च अधिकारीहरूले विश्वास गरेका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार साँझ राष्ट्रपति भवनमा हुने मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन्। त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग संक्षिप्त भेट हुनेछ।
भारतले यसपटक मोदीको शपथग्रहणमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरूलाई निम्तो दिएको छ।
मोदीको सपथ समारोहमा नेपालका प्रधानमन्त्रीबाहेक श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, म्यान्मारका राष्ट्रपति विन मिन्ट सहभागी हुने निश्चित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको जापान भ्रमणमा रहेकाले राष्ट्रपति हामिदले सहभागिता जनाउन लागेका हुन्।
संघाई कोअपरेसनका वर्तमान अध्यक्ष किर्गिजस्तानका राष्ट्रपति सुरोनबे जिनबेकोव र मोरिससका प्रधानमन्त्री प्राविण जुगनौत पनि सपथमा समारोहमा सहभागी हुँदैछन्।
मध्य एसिययाली देशहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको भारतले किर्गिजस्तान सहयोगी हुनसक्ने ठान्दै आएको छ। मध्य एसियाली देशहरूमा चीनको प्रभाव बलियो छ। भारतले त्यसलाई टक्कर दिने चाह राखेको देखिन्छ।
प्रवासी भारतीयहरुको प्रभाव रहेको हिन्द महासागरको टापु देश मोरिससमा आफ्नो प्रभावलाई अझै मजबुत पार्न प्रयास भइरहेको छ। मोदीको सपथमा मोरिससको आमन्त्रणलाई हिन्द महासागर क्षेत्रमा भारतीय सामारिक चासोको रुपमा हेरिएको छ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड